नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाँउपालिकाको निर्माणाधिन रायल बर्थिङ सेन्टरको भवनलाई स्थानियले घाँस राख्ने गोठ बनाए

केदारस्यु गाउपालिका वडा न १ को रायलमा रहेको रायल बर्थिङ सेन्टरको भवनलाई स्थानियले घाँस राख्ने गोठ बनाएका छन । भवन निमार्णको काम अलपत्र परेपछि स्थानियले अहिले घाँस राख्ने ठाँउ बनाएका छन । केदारस्यु गाउपालिकाको वडा न १ का कनाडा, डुडिल, सिम, बगाल, चौडाला, पाडेचौर, रायल र पथुडाका स्थानियहरुलाई लक्षित गरि दुई बर्ष अघि वर्थिङ सेन्टर निमार्णको काम सुरु गरिएको थियो । भवन निमार्ण कार्यले पुर्णता नपाउदा यस क्षेत्रका स्थानियले रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा जानुपर्ने बाध्यता रहेको छ । 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक बर्ष २०७८÷७९ मा वर्थिङ सेन्टर निमार्णका लागि २५ लाख बजेट विनियोजन गरेको थियो । वर्थिङ सेन्टरको निमार्ण कार्य अपुरो भएपछि स्थानिय सरकारले पुर्ण बनाई स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने भएपनि बेवास्ता गरेको स्थानिय समेत रहेका निर्वतमान वडाध्यक्ष लोकेश भण्डारीले बताउनु भयो । आफुले तत्कालीन सामाजिक विकास मन्त्री कृष्ण सुवेदीलाई वडाको समस्या दर्साउदा भवन निमार्णको लागी बजेट विनियोजन भएको तर निर्माणको काम अन्तिम तिर पुग्न लाग्दा आफ्नो कार्यकाल सकिएपछि भवन निमार्ण पुरा गर्न नसकेको भण्डारीको भनाई छ । 

यस विषयमा गाँउपालिका अध्यक्ष गणेश बोहरा संग बुझ्दा भवनको काम अधुरो रहेको बताउदै स्थानिय सरकार स्वास्थ्यका सवालमा चनाखो भएर काम गरिरहेको बताउनु भयो । सामाजिक विकास मन्त्रालय बाट बजेट विनियोन भइृ आएको र स्वास्थ्य कार्यालयल मार्फत भवन निमार्णको काम भएपनि अधुरो रहेकाले पालिकाले झ्याल ढोका निमार्णका लागी आवश्यक बजेट विनियोजन गरि सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनु भयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै