नेभिगेशन
सुदूरपश्चिम

बुंगल नगरपालिकामा दलित सहयोग समाजको बार्षिक सामाजिक लेखा परिक्षण सम्पन्न

बुंगल: दलित सहयोग समाजले बुंगल नगरपालिकामा सञ्चालित परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ । दलित सहयोग समाज र युुनाइ टेड मिसन टुु नेपालको सहकार्यमा सञ्चालित परियोजनाको आर्थिक वर्ष २०७९÷८० को बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम बुंगल नगरपालिकाको विजगडामा सम्पन्न भएको छ । सस्थाको इमान्दारीता जवाफदेहिता र पारर्दशिता गर्न सस्थाले पालिका स्थित सरोकारवाला र सेवा क्षेत्रका लाभग्राहिहरुको सहभागीतामा सामाजिक परिक्षण कार्यक्रम गरेको हो । सामाजिक परिक्षण कार्यक्रममा युएमएनद्धारा सञ्चालित व्यवहार परियोजना, मानसिक स्वास्थ्य र जलवायुु प्रभाव अनुकुुलन परियोजनाकोे आय व्ययका साथै परियोजना बाट भएका क्रियाकलाप, प्राप्त उपलव्धी, समस्या चुनौती लगायतका बारेमा बिस्तृत जानकारी गराएको थियो ।

दलित सहयोग समाज र युएमएनको साझेदारीमा बुुंगल नगरपालीकामा जलवायुु प्रभाव अनुकुुलन परियोजना, समान व्यवहार परियोजना र मानसिक स्वास्थ्य परियोजना संचालन गरि समुदायको विकास साथै व्यक्तिको सोच व्यवहार परिर्वतन लगायतका कार्यक्रम संचालन गर्दै आएको छ । विगतका वर्षहरुमा पनि यसरी सस्थाले आफुुले गर्दै आएका कामको उपलव्धी समस्या चुनौती खर्च विरण प्रस्तुुत गर्दै आएको यो सस्थाले सरोकारवालाहरु वाट गुुनासो सुुधावहरु पृष्ठपोषण लिएर आफ्नो सेवा प्रवाहलाइ चुुस्त दुुरुस्त र अझ प्रभावकारी बनाउदै गएको छ ।

कार्यक्रममा परियोजना अन्तरगत भए गरेका क्रियाकलाप प्रस्तुत गरेपछि सहभागीहरु वाट गुनासो सुुझाव अपेक्षाहरु राख्न लगाएको थियो । कार्यक्रमका सहभागिहरुले परियोजनाले समुदायस्तरमा गरेको काम प्रभावकारी भएकाले स्थानिय तहले निरन्तरता दिनुपर्ने बताएका छन । परियोजना क्षणिक अवधिको लागी मात्रै भएको र सस्थावाट गरेका कामलाइ दिगोपनाका लागी स्थानिय सरकारले अपनत्व लिनुु पर्ने सहभागिहरुले सुुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले सस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि गैर सरकारी संस्थाहरु संग मिलेर बुंगलको विकासका लागी प्रतिबद्ध रहेको बताउनु भयो । स्थानिय सरकारको प्राथमीकतामा नपरेका कार्यक्रमहरु सस्थावाट भए गरेको हुदाँ गैर सरकारी सस्थाको कार्यक्रम पनि सरकारकै कार्यक्रमलाई सहयोग गर्न बनेकाले कार्यक्रमहरु दोहोरिने प्रवृति हटाई अघि बढनुपर्नेमा जोड दिनुभयो शुुसासन र तठस्थताको पक्षमा वकालत गर्ने सामाजिक परिक्षणको सहजीकरण तेस्रोे पक्षका रुपमा पत्रकार जगदिश रोकायालाई जिम्मेवारी दिएको थियो । सस्थाले बार्षिक रुपमा आफ्नो साथै साँझेदार सस्थाहरुको सामाजिक परिक्षण गर्दै आएको छ भने परियोजना बाट संचालन हुने हरेक क्रियाकलापहरुको हल अडिट गर्दै आएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै