नेभिगेशन
सुदूरपश्चिम

काठमाण्डौ महानगरपालिकाले बझाङको साईपाल गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने

बझाङ । काठमाण्डौ महानगरपालिकाले बझाङको साईपाल गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । महानगरपालिकाले असोज ४ गते ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि देशभरीका इच्छुक स्थानीय तहलाई विवरण माग गरेको थियो ।

सोही सुचनाको आधारमा साईपाल गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवण उपलब्ध गराई  महानगरपालिका संग एम्बुलेन्स माग गरेकोले महानगरपालिकाले साईपाल गाउँपालिकालाई छनोट गर्दै एम्बुलेन्स दिने निणंय गरेको हो  ।

महानगरले मंगलबार साईपाल गाउँपालिकालाई पत्राचार गर्दै एम्बुलेन्स प्राप्त गर्नको लागि राष्ट्रीय एम्बुलेनस निर्देशिका २०७८ मबोजिम प्रक्रियाहरु अबलम्बन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजश्व छुटको व्यवस्था मिलाएर सम्पुर्ण कागजात सहित महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै