नेभिगेशन
सुदूरपश्चिम

बैंक टाढा भएपछि केदारस्यूँ- ८ ले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्‍यो

केदारस्यूँ गाउँपालिका वडा नं ८ ले वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडाले हरेक नागरिकको सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । पहिलो चरणमा दूरीका हिसाबले बैंकसम्म पुग्न टाढा रहेका वडाबाट यो कार्यक्रम सञ्चालन गरेको छ । जनताको सेवा सहजताका लागि वडाले नागरिकलाई दृष्टिगत गर्दै पहिलो चरणमा यो सेवा दिन लागेको वडा अध्यक्ष सुरेस बहादुर जेठाराले बताउनुभयो ।

दूरी टाढा भएका कारण र वृद्धवृद्धा भएका ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्नुपर्ने बाध्यता र लाइन बस्नुपर्ने सास्ती बढी भएकाले यसको अन्त्यका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम अघि बढेको उहाँले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक शाखाहरुसँगको छलफलपछि नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकसँग सम्झौता गरी आवश्यकताका आधारमा वडामा पुगेर भत्ता वितरण गरेका छौँ” वडा अध्यक्ष जेठाराले भन्नुभयो । पहिलो चरणमा वडा अपाङ्ग अशक्त जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरेकाछौं ।

आवश्यकताअनुसार वडा कार्यालय र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको वडा अध्यक्ष जेठाराले बताउनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै