नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा महेन्द्रकाे सालिक राख्ने विषयमा विवाद निषेधाज्ञा जारी

कञ्चनपुर:-  कञ्चनपुरमा महेन्द्रकाे सालिक राख्ने विषयमा विवाद हुँदा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।महेन्द्रनगरको महेन्द्र स्मारकमा स्वर्गीय राजा महेन्द्र शाहको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले त्यस क्षेत्र आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महेन्द्रकाे सालिक राख्ने तयारी परेपछि विवाद भएकाे थियाे । प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको शालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शनजस्ता आन्दोलन गर्न निषेध गरेको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै