नेभिगेशन
सुदूरपश्चिम

स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

कैलालीको धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद गरिएको छ। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधवार आगाडिबाट भारतबाट भन्सार छली गरि ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको हो। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर क्षेत्रबाट विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको स्कारपियोमा अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

स्कारपियोसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै