नेभिगेशन
सुदूरपश्चिम

तिहार पछि मात्र पुनः निर्माण हुने भुकम्पबाट क्षति भएका घरहरु :- सभामुख भण्डारी

सुदुरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले प्रदेश सरकारले भुकम्पबाट क्षति भएका घरहरुकाे पुुनः निर्माण गरिने बताउनु भएकाे छ ।

भूकम्प प्रभावित क्षेत्र निरीक्षण तथा अवलोकन गर्न बुंगल नगरपालिका २ गिराैँ आइपुग्नु भएका सभामुख भण्डारीले तिहार पछि पुनः निर्माण प्राधिकरणकाे टाेलीलाई प्रभावित क्षेत्रमा पठाउने बारेमा छलफल भएकाले चाँडै पुनः निर्माणकाे काम सुरु गर्ने गरि प्रदेश सरकारले पहल गरि रहेकाे बताउनुभयाे । केही दिन अघि आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै पुनः निर्माणकाे काम अघि बढाउन ध्यानाकर्षण गराएकाे र प्रधानमन्त्री सकरात्मक रहेकाे उहाँकाे भनाई थियाे ।

आईतबार बुंगल नगरपालिका वडा नं २ का भुकम्प पिडित संगकाे भेटघाटमा सभामुख भण्डारीले आफुले प्रधानमन्त्री संग भेटेरै कुरा गरेकाे र प्रधानमन्त्री बझाङ आउदा पनि आफैले भुकम्पबाट क्षति भएका घरकाे पुनः निर्माण गर्ने घाेषणा गरेकाले क्षति भएका घर लगायतका भाैतिक संरचना पुनः निर्माण हुनेमा विश्वस्त रहेकाे बताउनु भयाे । भेटघाटमा जनप्रतिनिधि संग सभामुख भण्डारीले पुर्वाग्रह नराखी वास्तविक र भुकम्पले पुर्ण क्षति भएका घरलाई मात्रै प्राथमिकता दिन आग्रह समेत गरेका छन ।

यसअघि पनि मुख्यमन्त्री कमल शाहले अवलाेकनका क्रममा प्रदेश सरकारले पिडितहरुकाे माग सम्बाेधन गर्ने बताउनु भएकाे थियाे । तर गिराैका भुकम्प पिडितले भने भत्किएका घर पुनः निर्माण गरिदिन आग्रह गरेका थिए । फरक प्रसंगमा सभामुख भण्डारीले बझाङकाे विकासमा प्रदेश सरकार सकरात्मक रहेकाले जनप्रतिनिधिले अग्रसर हुन पनि आग्रह भयाे ।

अथाहा प्राकृतिक स्राेत भएकाेले बझाङ सुदुरपश्चिम प्रदेशकाे विकासकाे प्रवेशद्वार हुने भएकाले यश विषयमा आफुले पहल गरि रहेकाे समेत बताउनु भयाे । दहबगरकाे विकासका लागि नगरपालिकाकाे केन्द्र बिजगडा देखि गिराै सम्मकाे पक्की सडक निर्माणका लागि केही दिनमै टेण्डर प्रक्रियामा जाने तयारी रहेकाे समेत बताउनु भयाे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै