नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिका भित्रका सबै विद्यालयहरुमा आइतबारसम्म बिदा 

बझाङको जयपृथ्वी नगरपालिकाले भूकम्पको त्रास नहटेको भन्दै नगरपालिकाभित्रका सबै सामूदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ । भूकम्पका कारण धेरै विद्यालयमा क्षति भएको र चर्केको अवस्थामा रहेको भन्दै आगामी आइतबारसम्मका लागि चार दिन बिदा दिएको हो । 

भूकम्पबाट भएको क्षति र हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नगरपालिकाको शिक्षा शाखाले एक सूचनाद्धारा बिदा दिएको जानकारी गराएको ५ । साथै यस विपतको घडीमा सबै सजग र सुरक्षित स्थानमा रही हातेमालो गरि अघि बढ्न पनि आग्रह गरिएको छ । भूकम्प मापन केन्द्रका भुकम्पविद चिन्तन तिम्सिनाका अनुसार बझाङमा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन् । 

भूकम्पका कारण बझाङका धेरै परिवार विस्थापित भएका छन् । अहिलेसम्म बझाङ प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक जनाको पहिरोमा परि मृत्यु एक जना महिलाको मृत्यु भएको छ भने एक सय ३५ संरचनामा क्षति पुगेको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखल टोलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।
 
प्रहरीले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार थलारामा ६० घरमा, जयपृथ्वी नगरपालिकामा ४१ घरमा, केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । अझैं क्षति संख्या बढ्नसक्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै