नेभिगेशन
सुदूरपश्चिम

भूकम्पका कारण एक जना बेपत्ता १७ जना घाइते

 आज मङ्गलवार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न जानुभएकी ४५ वर्षीया गुनमति धामी पहिराेमा परि बेपत्ता हुनुभएकाे छ । उहाँकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीकाे जिल्ला अस्पताल र केहीकाे नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् । भूकम्पका कारण पहिरो गएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । यसैबीच भूकम्पपछि जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीले एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराएका छन् ।

दिउँसो सुत्केरी हुन जिल्ला अस्पताल बझाङ पुगेकी तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षकी मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिनुभएकाे जिल्ला अस्पताल बझाङले जनाएको छ । आमा र शिशुको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै