नेभिगेशन
सुदूरपश्चिम

बिर्सिए प्रधानन्त्रीले बाचा, खुलेन ताक्लाकोट नाका 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला ताक्लाकोट नाका खुल्ने आशा आम सुदूरपश्चिमबासी र कर्णालीबासी थियो । नेपाल र चीनबीचका १४ वटा नाका खुला गरिए पनि ताक्लाकोट नाकाको बारेमा प्रधानमन्त्री प्रचण्डले नाम नै लिएनन् । यसलाई प्रचण्डको वेवास्ता भन्ने की कुटनितिक कमजोरी भन्ने पर्खाइमा बसेकाहरुका लागि निकै स्वर्णिम अवषर गुमेको भान भएको छ । 

प्रधानमन्त्री प्रचण्डलाई सुदूरपश्चिम सरकार, साइपाल गाउँपालिकाका जनप्रतिनिधि र यहाँका व्यापारीले प्रत्यक्ष भेटेर नाका खोल्नका लागि एजेन्डामा समेटेर चीन भ्रमणमा जान आग्रह समेत गरेका थिए । छिमेकी हुम्ला र दार्चुलाको नाका खुले पनि बिचमा रहेको ताक्लाकोट नाका नखोल्नु विडम्बना भएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । 

यो नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका छन् । ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन् । लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका परेको व्यापारी जगत तामाङ बताउँछन् । 

नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन् । कोराना महाव्याधिका कारण लामो समयदेखि सामान बिक्री गर्न नपाउँदा व्यवसायीलाई ठूलो क्षति भएको उनको भनाइ छ ।
जिल्लाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् ।

चार वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान ल्याउन नसक्दा बजारमा चिनियाँ वस्तु उपलब्ध हुन नसकेको स्थानीय कन्जु भण्डारीले बताए । चार वर्षदेखि चीनले नाका बन्द गर्दा वर्षको ६ महिना ताक्लाकोट पुगेर व्यापार गर्ने व्यापारीहरू मर्कामा परेको व्यापारी जगत तामाङले बताए  । ताक्लाकोट नाका बन्द भएपछि त्यहाँ विभिन्न व्यवसाय गर्दै आएका नेपाली व्यवसायीको आयस्रोतको बाटो बन्द भएको छ ।

बझाङ सदरमुकाम चैनपुरबाट १ सय १८ किलोमिटर टाढा पर्ने ताक्लाकोट नाका सञ्चालन गर्ने घोषणा २०५० सालमै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा यो नाका सञ्चालन गर्ने बताएका थिए ।  

२०७० सालको संविधानसभा निर्वाचनमा बझाङ आएका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, बाबुराम भट्टराई र माधव नेपाललगायतले पनि सुदूरपश्चिमको विकासका लागि ताक्लाकोट नाका खोलिने बताएका थिए । चुनाव जितेपछि चैनपुर–ताक्लाकोट सडक विस्तार गरिने र नाका पनि सञ्चालन गर्ने उनीहरूको घोषणा थियो । तर, ती सबै भाषणमै सीमित रहे ।

खासमा ताक्लाकोट नाका नेताहरूका लागि चुनावी प्रचारको मुख्य एजेन्डा मात्र बन्ने गरेको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरूकै कमजोरी र बेवास्ताका कारण नाका सञ्चालनमा आउन नसकेको कतिपयको भनाइ छ । नाका सञ्चालन गर्नेबारे तीनै तहका सरकारले चासो नदिएका जिल्लाबासीको गुनासो छ । 

नाका सञ्चालनमा अब ढिला गर्न नहुने बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलि बताउँछन् । उनले भने, ’नाका सञ्चालनका लागि प्रदेश सरकारले न कहिल्यै बजेट विनियोजन गर्छ, न यस विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउँछ । कुलो, नहर, पुल, मन्दिर बनाउने काम स्थानीय सरकारको हो । प्रदेश सरकारले त प्रदेशको गौरवका आयोजना निर्माण गर्नुपर्ने हो ।’ प्रदेश सरकारलाई ताक्लाकोट नाका पनि सुदूरपश्चिममै पर्छसम्म थाहा नभएको उनको आरोप छ । 

विभिन्न समयमा ताक्लाकोट नाका सञ्चालनको विषयमा राज्यको ध्यानाकर्षण गरिएको भए पनि सरकारको ध्यान जान नसकेन जिल्लाबासी बताउँछन् । आफूले बेला–बेलामा यो नाका खोल्नका लागि संसदमा बोल्दै आएको निवर्तमान प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले बताइन्  ।

’मैले सुरुवाती चरणदेखि ताक्लाकोट नाकाको विषयमा आवाज उठाउँदै आएकी छु । आफूले पटक पटक ताक्लाकोट नाका सञ्चालनका लागि कछुवा गतिमा निर्माण भइरहेको चैनपुर ताक्लाकोट सडकखण्डको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छु’, उनले भनिन् ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी पनि ताक्लाकोट नाका सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र केन्द्र सरकारसँग गुहारेको बताउँछन् । तर, आफ्नो गुनासो कसैले नसुनेको उनको भनाइ छ ।

हेर्नुहोस् नाका खोल्नका लागि भएको सम्झौता 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।