नेभिगेशन
सुदूरपश्चिम

कमन करेत, किङ कोब्रा जस्ता तराईका बिशालु सर्प कसरी बझाङमा पुगे ? 

तराईमा मात्र पाइने विषालु सर्पहरू जलवायु परिवर्तनको कारण पछिल्लो समय पहाडी भेगमा पनि देखिन थाल्दा उपचार केन्द्रको थप विस्तार आवश्यक देखिएको छ।

नेपालमा हालसम्म २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् । विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनसँगै सर्पहरू केवल तराई भेगमा मात्र सीमित नरही पहाडतर्फ समेत पाउन थालिएका छन् । धनगढी, महेन्द्रनगर तथा भारतमा पाइने सर्पहरु अहिले छिटपुट रुपमा बझाङको सेती नदी किनारका बस्तिहरुमा पनि देखिन थालेका हुन् । जयपृथ्वी नगरपालिकाको गोलाई, नौरा, डुंग्री, देवल, देउरा, झोता लगायतका ठाउँमा कमन करेत, राज गोमन, गोमन लगायतका सर्पहरु पाइन थालेका छन् । 

बझाङमा प्राय: हरियो रंगको हरेउको प्रजातिको बिषालु सर्प र कालो र सेतो रङका धामन लगायतका सर्पहरु मात्रै पाइने गरेको भए पनि पछिल्लो समय गाडी, पाइप, बोरामा लुकेर आउन थालेपछि पहाडमा पनि सर्पको त्रास बढेको मष्टा गाउपालिका वडा नम्बर ४ का चन्द्र कठायतले बताउनुभयो । उहाँले पछिल्लो समय बझाङमा पनि तापक्रम बृद्धि हुनाले पनि यहाँ तराइमा पाइने सर्पहरुका उपयुक्त वातावरण बन्‍न थालेको छ ।

जयपृथ्वी नगरपालिका ४ गोलाई का शिक्षक तथा नरेन्द्र उपाध्यायका अनुसार गोलाईमा मात्रै दुईवटा अति विशालु सर्प कमन करेत देखिएका छन् । यो सर्पको रंग गाढा खैरो कालो कालो हुन्छ । शरीरमा सेता चुराजस्ता देखिने धर्साहरु हुन्छन् । त्यो सर्पलाई गाउँघरमा सेतो-कालो चुरे सर्प, गडाइँच र चुरे सर्प भनिन्छ । उपाध्यायले भन्नुभयो,'यो सर्प मानिसको न्यानो मन पराउने हुँदा घरभित्र जाने गर्दो रहेछ । हेर्दा लाटो जस्तो भए पनि यो चलाएपछि मानिसलाई झम्टिन आए जस्तो गर्छ । विभिन्न माध्यमबाट चुरेमा पाइने यो सर्प बझाङमा पुगिसकेछ । यो उति विशालु भएकाले सावधानी अपनाउन आवश्यक छ ।'

जयपृथ्वी नगरपालिका -४ कै बिजय खातीले पनि सामाजिक सञ्जाल फेसबुकमा भाद्र ३० गते यो कुन सर्प होला भन्दै जिज्ञासा सहित फोटो राख्नुभएको थियो । उक्त फोटो पनि कमन करेतको रहेको जानकारहरुको टिप्पणी थियो । 

सामान्यतया त्यो सर्पले टोक्दा पेट दुख्ने, टाउको दुख्ने, शरिर काम्ने हुन्छ । आँखाको ढकनी लोलाउने र अनुहारका अन्य मांशपेशीमा पक्षघात शुरु हुन्छ । त्यो क्रम बढ्दै गई अन्तमा श्वास-प्रश्वास प्रणाली पक्षघात भई बिरामीको मृत्यु १२ देखि २४ घण्टाभित्र हुन्छ । 

यस्तै केही समय अगाडी जयपृथ्वी नगरपालिकाकै नौरामा किङ कोब्रा देखिएको थियो । नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो कोब्रा पछिल्लो समय नेपालको मध्यपहाडी र उच्च पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट देखिन थालेको सर्पका जानकार चन्द्र कठायतले बताउनुभयो। उहाँका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ। नेपालीमा राजनाग, कालिनाग भनिने गरिन्छ । 

यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी र उच्च पहाडी क्षेत्रमा बसाइँ सरेको हुन सक्ने मष्टा गाउपालिका वडा नम्बर ४ का अध्येता कठायतको भनाइ छ। यो अत्यन्त विषालु प्रजातिको कोब्रा भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको कठायतले बताउनुभयो ।

 उहाँले अब सिजन बालीनाली र फलफूलको भएकाले मुसाहरु र सर्पको बिगबिगी हुने हुँदा होसीयारी अपनाउन आग्रह गर्नुभयो । धान काट्दा र भित्र्याउँदा बिशेष ख्याल राख्न र यात्राका बेला राति उज्यालो लिएर हिड्न पनि उहाँको सुझाव छ ।  बिशालु सर्पलाई नचलाउने , नजिस्काउने र यीनीहरुको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने अध्येता कठायतको भनाइ छ। बझाङमा सर्पले डसेमा आफूलाई आग्रह गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

सर्पले टोकेपछि के गर्ने भन्ने ज्ञान नहुँदा धेरै बिरामीको मृत्यु हुने गरेको छ । सर्पले टोकिसकेपछि धेरै आत्तिदा वा डराउँदा हृदयघात समेत हुन्छ । त्यसैले बिरामीलाई उपचारपछि निको हुने विश्वास दिलाएर धेरै आत्तिन नदिई सम्भव भएसम्म नहिडाईकनै जतिसक्दो छिटो अस्पताल पुर्याउनु पर्छ।

सर्पले टोकेको घाउमा मुखले चुसेर विष फाल्ने चलन पनि छ तर त्यसरी चुस्दा मुखमा हुने व्याक्टेरियाले झन् खराब गर्छ । पश्चिमी तराईको थारू समुदायमा सर्पले टोकेका बिरामीलाई झारफुक गर्न गुरौकहाँ लैजाने चलन छ । त्यसो गर्दा बिरामीलाई निको हुनुको सट्टा अस्पताल पुर्याउन ढिला भई ज्यान जाने खतरा झन् बढी हुन्छ ।

बिषालु सर्पको टोकाइबाट मुटु र मस्तिष्कमा विषको असर पुगेपछि बिरामीको मृत्यु हुने गर्छ । सर्पको विष शरीरका अन्य भागमा फैलिन नदिन टोकेको भागलाई सकेसम्म हल्लाउनु वा चलाउनु हुँदैन ।

घाउबाट बिष मुटु तथा मस्तिष्कमा जान नपाओस् भनेर डोरी तथा कपडाले बाँध्ने चलन पनि छ तर त्यसरी बाँध्दा रक्तसञ्चारमा अवरोध पुग्न गई दुख्ने, सुन्निने, नीलो हुने र कोषहरू मर्ने खतरा हुन्छ । त्यसैले बाँध्नु हुदैन ।

घाँसदाउरा गर्दा बुट जुत्ता लगाउनु र झाडीमा जाँदा होसियार हुनु नै सर्पदंशबाट बच्ने उपाय हो । तराईको सर्पदंशमा परेका अधिकांश बिरामीहरूलाई राती घरमै टोकेको पाइन्छ । खाटमा झुल लगाएर सुत्ने बानीले त्यस्तो जोखिमबाट बचाउँछ । राति टर्चलाइट बालेर मात्र हिँडेमा बाटोमा भेटिने विषालु सर्पबाट बच्न सकिन्छ । नेपालमा धेरै किसिमका सर्पहरू पाइने भए पनि सबै भन्दा बढी मानिसहरू कमन कोब्रा र कमन करेतको टोकाइबाट पीडित हुने गरेका छन् ।

 गर्मीमा जमिन तातेसँगै सर्प बाहिर निस्कन्छ । कमन कोब्राको टोकाइबाट वर्षादको बेला खेतबारीमा काम गर्ने तथा घाँसदाउरा गर्ने मानिसहरू पीडित हुने गरेका छन् भने कमन करेतले राती घरमा सुतिरहेको बेला धेरै मानिसहरूलाई टोक्ने गरेको छ । सर्पदंशमा पर्नेमध्ये करिब एक चौथाई बालबालिका हुन्छन् ।अनुसन्धानले देखाए अनुसार विषालु सर्पको विष अझ बढी मात्रामा विषालु बन्दै गइरहेको अवस्था छ ।

 

तराईमा मात्र पाइने विषालु सर्पहरू जलवायु परिवर्तनको कारण पछिल्लो समय पहाडी भेगमा पनि देखिन थाल्दा उपचार केन्द्रको थप विस्तार आवश्यक देखिएको छ।

 


जलवायु परिवर्तनको असर

हिउँद याममा अक्सर दुलोभित्र बस्ने सर्प बर्खायाममा दुलादुली पानीले भरिन थालेपछि जमीनमा निस्किन थाल्छ ।

 त्यसैले यही समयमा खासगरी तराई क्षेत्रमा सर्पले डस्ने र मृत्यु हुने घटना बढी सुनिन्छन् । तर पछिल्लो समय पहाडी भेकमा पनि सर्पको बिगबिगी हुन थालेको छ ।

विज्ञहरूले यसलाई जलवायु परिवर्तनले निम्त्याएको एउटा चुनौती भनेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंश उपचार विशेषज्ञ डा. सञ्जीवकुमार शर्माका अनुसार ४ हजार ८०० मिटर उँचाइको क्षेत्रसम्म विषालु सर्प पाइन थालेका छन् ।

“ बढ्दो तापक्रमको असर स्वरूप विषालु सर्प पहाडी क्षेत्रसम्म फैलिंदै गएको हुनसक्छ”, डा. शर्मा भन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, विश्वमा सर्पदंशका कारण वार्षिक १ लाख ३८ हजार जनाको मृत्यु हुने गरेको छ ।

सर्पदंशबाट हुने मृत्युको ७० प्रतिशत मानवीय क्षति भारत, बाङ्लादेश, नेपाल, पाकिस्तान र श्रीलंकामा हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
अझै सुचारु भएन जयपृथ्वी राजमार्ग, दुईवटा जेसिबि खटिए पनि पहिरोले चुनौती दियो

अझै सुचारु भएन जयपृथ्वी राजमार्ग, दुईवटा जेसिबि खटिए पनि पहिरोले चुनौती दियो

जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा - १ बालुवाटार नजिक खसेको पहिरो २४ घण्टा बिते पनि सुचारु हुन सकेको छैन ।
'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'

'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'

वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशिल युवासमाजद्वारा बझाङको जयपृथ्वी नगरपालिकामा सञ्चालन भइरहेको समुदायमा आधारित बाल प्रायोजन र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ । 
सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार

सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार

बझाङको बित्थडचिर गाउँपालिकाका उपाध्यक्षलाई फोहर उपहार दिइएको छ। पालिकालाई सफाइ राख्न प्रतिकात्मक रुपमा फोहर दिइएको हो।
बित्थडचिरमा बाघ आतंक, चराउन लगेका ४० मध्ये १० बाख्रा मारेको अवस्थामा भेटिए

बित्थडचिरमा बाघ आतंक, चराउन लगेका ४० मध्ये १० बाख्रा मारेको अवस्थामा भेटिए

बित्थडचीर गाउँपालिकामा बाघले आतंक मच्चाएको छ । बाघले बित्थडचिरबासीका बाख्रा, कुकुर लगायतका घरपालुवा जनावर मार्ने र मानिसहरुलाई तर्साउन थालेको हो ।
भर्खरै