नेभिगेशन
सुदूरपश्चिम

बझाङ जिल्लामा परिक्षण गरिएको ड्रागन फ्रुट खेतीको अनुगमन 

बझाङ : बझाङ जिल्लामा ड्रागन फ्रुटको व्यवसायिक खेती अनुगमन गरिएको छ । कृषि ज्ञान केन्द्र र जिल्ला समन्वय समिति बझाङद्वारा आज मंगलबार जिल्लामा गरिएको ड्रागन फ्रुट खेतीको अनुगमन गरिएको हो ।

ड्रागन फ्रुट एक फल हो । यो फललाई नेपालीमा सिम्थी फल भनेर चिनिन्छ । ड्रागन फ्रुट क्याक्टस बर्गमा पर्छ । यो फलको खेती पानी कम पर्ने ठाउँहरुमा एकदम राम्रो हुने भएकाले कृर्षि ज्ञान केन्द्रको समन्वयमा जिल्लाको केदारस्यूू गाउँपालिका वडा नं। ९ झोता र छविस पाथिभेरा गाउँपालिकाको वडा न।। १ भाडे क्षेत्रमा उक्त ड्रागन फ्रुटको खेती गरिएको कृर्षि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले जानकारी दिनुुभयो ।

कृषि ज्ञान केन्द्रको लगानीमा उक्त खेतीको व्यवसायिक परिक्षण गरिएको र खेती राम्रो भएको खण्डमा त्यसलाई व्यवसायिक खेती बनाइने उहाँले बताउनुभयो । अहिले तत्कालका लागी जिल्लाको झोता र भाडेमा ५।५ लाखको लगानीमा परिक्षण गरिएको छ ।नेपालमा यो फलको फाट्टफुट्ट गरिएको खेती हाल आएर व्यावसायिक रुपमा गरिन थालिएको छ । बझाङमा भने यो पहिलो पटक परीक्षण भै रहेको कृषि ज्ञान केन्द्र प्रमुख बिष्टले बताउनुभयो । विशेष गरी सुगर र कोलेस्ट्रालका विरामीहरुका लागि ड्रागन फ्रुट हितकर रहेको छ । त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्ने भएका कारण यो फलफुुललाई नेपालमा मात्रै नभएर विदेशमा बढी माग हुने गरेको छ । 

अनुगमनको क्रममा हाल सम्म ड्रागन फ्रुटमा कुनै रोग तथा किराको संक्रमण देखा नपरेको जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले  बताउनुभयो । बझाङका लागि ड्रागन फ्रुट खेती नयाँ भएको बताउदै बोहराले परिक्षण सफल भएको खण्डमा जिल्लामा ड्रागन फ्रुटलाई व्यवसायीक रुपमा अघि बढाउन सकिने बताउनुभयो । फल लाग्ने समय ड्रागन फ्रुट लगाएको पहिलो बर्षमा नै फल लिन सकिन्छ, साधारणतया यो फल मे – जुन तिर फुल फुल्ने र अगष्ट – डिसेम्बर तिर फल लाग्ने हुन्छ । ठाउँको तापक्रम अनुसार फुल फुल्ने र फल लाग्ने समयमा केही तलमाथि हुनसक्छ । फल पाक्नु अघि हरियो रङको हुन्छ र पाक्न थालेपछि रातो रङमा परिणत हुन्छ । यसरी रङ परिवर्तन भएको ३—४ दिन पछि फल टिप्न योग्य हुन्छ ।यो फलको मुल्य प्रतिकिलो ८ सय देखी १५ समय सम्म पर्ने भएका कारण यसको व्यवसायिक खेतीमा लाग्नका लागी पछिल्लो समय धेरैले लगानी गरिरहेका छन् । अनुगमन कार्यक्रममा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्ट, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहरा, उप प्रमुख कृष्ण बहादुर विष्ट लगाएत अन्य सरोकारवाला र पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै