नेभिगेशन
सुदूरपश्चिम

शुक्लाफाँटा निकुञ्जका बँदेलमा स्वाइन फिभर, बँदेल ‘सखाप’ हुने खतरा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्चका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको छ। शुक्लाफाँटामा मृत बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। यसअघि गत कात्तिक र माघमा कैलाली र बञ्चनपुरका केही बँगुर फार्ममा देखा परेको यो रोग  अहिले भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बँदेलमा देखा परेको हो।  
गत कात्तिकमा पहिलो पटक कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको थियो। गत कात्तिकमा कैलालीको भजनीमा देखा परेको यो रोग माघ महिनामा धनगढी उपमहानगरपालिका १३, गौरीगङ्गा, र कैलारी गाउँपालिकामा र कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा देखा परेको थियो।

तर, अहिले भने यो रोग जङ्गली बँदेलमा पनि देखिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मरेको बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले बताए। ‘फागुन १९ गते निकुञ्जमा बँदेल मरेको फेला पर्यो र परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ,’ उनले भने, ‘धनगढीको प्रयोगशालाबाट डाक्टर बोलाएर परीक्षण गरिएको हो।’

गत कात्तिक १५ गते कैलालीको भजनीमा पहिलोपटक बंगुर, सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो। कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ को बडिमालिका बंगुर फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर यो पटक शुक्लाफाँटाका बँदेलमा फैलिएको आशंका गरिएको छ।
नेपालमै पहिलो पटकमा बदेलमा संक्रमण
बँदेलमा यो रोग पुष्टि हुनुले राष्ट्रिय निकुञ्जका बँदेल सखाप हुने चिन्ता गरिएको छ। पशुपन्छि रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रीय निकुञ्जका  बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको बताए।

‘नेपालमा पहिलो पटक बँदेलमा शुक्लाफाँटामा अफ्रिकन स्वाइन फिभर देखा परेको छ,’ उनले भने, ‘अहिलेसम्म चितवन, बर्दिया र शुक्लाफाँटामा यो रोग देखा परेको थिएन।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन १९ गते मरेको फेला परेको बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। त्यसपछि भने आजको मितिसम्म निकुञ्जमा बँदेल मरेको फेला नपरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।
स्वाइन फिभर रोगका लक्षण 
अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने हुन्छ। बंगुर, सुँगुर र बंदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री फरेनहाइट्भन्दा माथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र एकै पटकमा सबै बंगुर, सुँगुर र बँदेल मर्न सक्ने हुन्छन्।

यो रोगको औषधि र खोप पत्ता लागेको छैन। घरपालुवा किसानले जैविक सुरक्षा विधि अपनाएर आफ्नो खोरमा पालिएका बङ्गुरलाई संक्रमण हुनबाट जोगाउन सकिने भए पनि जङ्गली बँदेलमा अफ्रिकन स्वाइन फिभर फैलिए बँदेल प्रजाति नै सखाप हुने सम्भावना रहेको भन्दै पशु चिकित्सकले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै