नेभिगेशन
सुदूरपश्चिम

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला

भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको थियो ।

उनी भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत थिए । गत फेब्रुअरी २६ तारिखका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराएका उनको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो ।

त्यहाँस्थित एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको उनका बुवा खड्क चँदाराले बताए । उनको शव शनिबार फेला परेको थियो । 

मृतकका बावुका अनुसार सधैँ क्याम्पसबाट आएपछि घरमै बसेर पढ्ने रोहितलाई त्यस दिन उनका भारतीय साथीहरु श्रीनिवास, सुदर्शन र रिहान घरमै आएर घुम्न लिएर गएका थिए । साँझसम्म रोहित घर नफर्किएपछि उनीहरुका साथीहरुलाई सोध्दा आफूसँग नगएको र रोहितको बारेमा थाहा नभएको जवाफ दिएको मृतकका छिमेकी दिपक खड्काले बताए ।

हत्याको आशंकामा कर्नाटक प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि भारतमा नेपालीको हत्यालाई प्रहरीले सामान्य रुपमा लिने गरेकाले न्याय नपाइने हो कि भन्ने मृतकका परिवारको आशंका छ । 

मृतकका बुवाआमाले लामो समयदेखि भारतमा मजदुरी गरेर छोरा र छोरीलाई उतै पढाउँदै आएका थिए । उनीहरूले आफ्नो छोराको हत्या भएको भन्दै घटनाबारे गम्भीर छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै