नेभिगेशन
सुदूरपश्चिम

तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत स्वास्थ्य शिविरमा एक हजार जनाले सेवा लिए

तलकोट गाउँपालिकामा सञ्चालित दुईदिने बृहत एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । तलकोट गाउँपालिका वडा नम्बर ५ को दुर्गा भवानी माविको प्राङ्गणमा शुक्रबारबाट शुरु भएको शिविर शनिबार सम्पन्न भएको हो। तलकोट गाउँपालिकाका र गुराँसे कल्याणकारी सेवा समिति र रोटरी क्लब अफ नक्साल शक्तिको संयुक्त आयोजनामा उक्त बृहत शिविर सञ्चालन भएको हो ।

शिविरबाट विभिन्न प्रकारका पालिका भित्रका ९४० जना बिरामीहरु लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ, डेन्टल विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धि रोग विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए ।  स्थानीय सरकारको पहलमा पहिलो पटक घर आगनमै विशेषज्ञसहित स्वास्थ्य शिविर ल्याएको भन्दै स्थानीयहरु खुशी भएका छन् ।

शिविरले तलकोटी जनतालाई थोरै भए पनि राहत भएको र गरिब,दुखी जनताले सहजै सेवा पाएको तलकोट गाउँपालिकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले बताउनुभयो ।  उहाँले आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा यो शिविर घर आँगनमै ल्याउन सफल भएको र यसैगरी सबै निकायलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै