नेभिगेशन
सुदूरपश्चिम

अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ

बझाङ: अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ का २५ वर्षीय प्रकाश टमाटालाई अवैध यार्सागुम्बासहित काठमाण्डौँ प्रहरीले पक्राउ गरेको हो । दुई किलो एक सय ३८ ग्राम अवैध यार्सागुम्बा सहित टमाटा पक्राउ परेका हुन्। उनी कीर्तिपुर नगरपालिका पाँगामा बस्ने गरेको प्रहरीले बताएको छ। उनीसँगै जुम्ला गोठीचौर गाउँपालिका–५ का ४० वर्षीय गोविन्द गिरी समेत फक्राउ परेका छन्। 

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले प्रकाशलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो।  उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै