नेभिगेशन
सुदूरपश्चिम

पुस ८ गतेदेखि बझाङकाे साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

बझाङ: बझाङकाे साइपाल गाउँपालिकामा यही पुस ८ गतेदेखि तीनदिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हाे । 

गाउँपालिकामा रहेका महिलाहरुको स्वास्थ्य समस्याका आधारमा शविरको आयोजना गरिएको साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताइन् । गाउँगाउँमा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगबाट पीडित महिलाको समस्या रहेका कारण पालिकाको केन्द्रमा तीन दिनसम्म शिविरको आयोजना गरिएको उपाध्यक्ष तामाङले बताइन् । 

‘गाउँ र नागरिकको विकास तथा सहयोग गर्छु भन्ने उद्देश्यले पालिकाको जनप्रतिनिधि बनिसकेपछि आफूले साइपालमा महिलाहरुको स्वास्थ्यमा सहयोग गर्ने सोच बनाएको थिएँ । साइपालका नागरिकले र मलाई विजयी गराएपछि अब मैले यहाँका नागरिकका लागि काम गर्नुपर्छ,’ उपाध्यक्ष तामाङले भनिन्, ‘मेरो पहिलो प्राथमिकतामा साइपाल गाउँपालिकाका महिलाहरुको समस्या पर्यो । उनीहरुको समस्या समाधानका लागि राष्ट्रपतिलाई आग्रह गरी साइपालमा तीनदिने शिविर सञ्चालन गर्दै छौँ ।'
 
साइपाल गाउँपालिकाको केन्द्र वडा नं. ३ को काँडामा सञ्चालन हुने शिविरमा आङ खस्ने समस्या, पाठेघरको समस्या, दाँतका बिरामीका लागि र अन्य भिडियो एक्स–रे सेवा, बालबालिकाको रोगको समस्या र होलबडी चेकजाँचलगायत सेवा पालिकामा नै दिइने भएको हो । 

शिविर सञ्चालनका लागि साइपाल गाउँपालिका र नेपालगञ्ज मेडिकल कलेको सहकार्य तथा जिएमसी हस्पिटल पोखरा, युसिएमसी हस्पिटल भैरहवाको प्राविधिक सहयोगमा शिविर आयोजना गर्न लागिएको उपाध्यक्ष तामाङले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै