नेभिगेशन
सुदूरपश्चिम

बुङगल नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

बझाङ:- बुङगल नगरपालिकामा पालिका स्तरीय लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा प्रतियोगिता तथा वक्तत्विकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय बझाङ सँगको साझेदारीमा बुङगल नगरपालिकाको महिला शाखाको आयोजनामा कार्यक्रम बुङगल नगरपालिका वडा नं ४ विजगडामा कार्यक्रम सञ्चालन गरिएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध पालिका भित्रका माध्यमिक तह स्तरको वक्तृत्वकला र चेतनामुलक डेउडा प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । 

वक्तृत्वकला प्रतियोगितामा नगरपालिकाका ९ वटा विद्यालयले भाग लिएका थिए । चन्द्र मा.वि गिरौँ, महेन्द्र मा.वि गैरी ज्यावन, रत्न मा.वि खोल्लेक, सरस्वती मा.वि विजगडा, सत्य मा.वि तोलीचौर, कन्या मा.वि बटुल सेरा, शिव मा.वि पुतली लेक, शारदा मा.वि सैनोडी र कफलसेरी मा.वि कफलसेरी सहभागी भएका थिए । उक्त वक्तृत्वकला प्रतियोगितामा चन्द्र मा.वि गिरौँ प्रथम, कन्या मा.वि बटुल सेरा द्धितिय, शारदा मा.वि सैनोडी तृतीय र सरस्वती मा.वि विजगडाले सान्त्वना हासिल गरेका छन् । कार्यक्रममा तीन वटा महिला समूहले डेउडा प्रदर्शन गरेका छन् । दलित सहयोग समाजले पनि कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी सडक नाटक पनि प्रदर्शन गरेको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख जय बहादुर धामीले लैङ्गिक हिंसा न्यूनीकरण गर्दै सभ्य समाज निमार्णमा सबैको भूमिका उत्तिकै रहेको बताउनु भयो । समाजमा महिला हिंसाका घटना धेरै भए पनि कानुनी उपचारका लागी अझै पनि खुल्न नसकेको र बढी जसो श्रीमानले श्रीमती माथि हिंसा गर्ने गरेको पाइएको छ । सानै उमेरमा बिहे हुने गरेका कारण विवाह दर्ता नहुने र विवाह दर्ता नभई नागरिकता बनाउन नमिल्ने भएका कारण हिंसा पीडितले न्याय खोज्न सकस हुने गरेको धामीको भनाई थियो । समाजमा बढी जसो घरेलु हिंसाका घटना देखिने गरेकोमा आगामी दिनमा कुनै पनि हिंसा भए गरेको सुन्न र देख्नु नपर्ने गरी लाग्न सबैलाई अनुरोध समेत गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै