नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

बझाङ:- बझाङको केदारस्युँ गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केदारस्युँ गाउँपालिकाको आयोजना र प्रगतिशील युवा समाज, वर्ल्ड भिजनसँगको साझेदारीमा पालिका भित्र भई रहेका लैङ्गिक हिंसाका घटना र तिनको समाधानका लागी पालिकाले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल भएको छ । कार्यक्रमका सहभागीले समाजमा महिला हिंसाका घटना धेरै भए पनि कानुनी उपचारका लागी अझै पनि खुल्न नसकेको बताएका छन् । आफूमाथि हिंसा भई रहे पनि गाउँ समाजमा हेला पर्ने भएकाले र समाजको हेर्ने दृष्टिकोण फरक हुने हुँदा खुलेर प्रतिकार जनाउन नसकेको बताएका छन् । बढी जसो श्रीमानले श्रीमती माथि हिंसा गर्ने गरेको पाइएको छ । सानै उमेरमा बिहे हुने गरेका कारण विवाह दर्ता नहुने र विवाह दर्ता नभई नागरिकता बनाउन नमिल्ने भएका कारण हिंसा पीडितले न्याय खोज्न सकस हुने गरेको सहभागीको भनाई थियो ।  

यसरी हिंसामा परेकाहरूलाई खाना र बस्नको समस्या हुने गरेका कारण आय आर्जनका कार्यक्रम मार्फत सहयोग गर्न सके उनीहरूको जीविका चलाउन सहज हुने उनीहरूको भनाई छ । गाउँघरमा हुने धेरै जसो हिंसाका घटना बालविवाहका कारण भएकोले यस तर्फ सचेत हुन फिया नेपाल बझाङका जिल्ला संयोजक सिता सिंहले बताउनु भयो । सानै उमेरमा हुने बालविवाहका कारण उमेर पुग्ने बेला सम्म घरबार विहीन हुनुपर्ने अवस्था आएकोले यस तर्फ जनप्रतिनिधिले सचेत हुनुपर्ने र सचेतनामूलक कार्यक्रम मार्फत परिवर्तनको पहरेदार बन्नुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रमका सभा अध्यक्ष मनीषा धामीले लैङ्गिक हिंसा न्यूनीकरण र सभ्य समाज निमार्णका लागी सबैले सहयोग गर्न  अनुरोध गर्नुभयो । आफू पनि हिंसा पीडित भएकाले महिला सवाल र महिला हिंसाका विषयमा सधैँ चनाखो हुने गरेको बताउँदै धामीले समाजमा बढी जसो घरेलु हिंसाका घटना देखिने गरेकोमा आगामी दिनमा कुनै पनि हिंसा भए गरेको सुन्न र देख्नु नपर्ने गरी लाग्न सबैलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा उठेका सवालको जवाफमा उपाध्यक्ष धामीले हिंसा पीडितहरूका विषयमा प्रत्येक वडाका वडाध्यक्षहरू सँग तथ्यसङ सङ्कलन गराई आवश्यकताको आधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गर्नु भयो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, वडा वडाबाट सहभागी महिला, स्थानीय बासिन्दा, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै