सेती नदीले बझाङ सदरमुकाम चैनपुरमा निमार्णधिन साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको ईन्टेक बगाएको छ । ईन्टेक बगाए पछि जयपृथ्वी नगरपालिकामा सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट भोपुर माथीको डाँडामा तानेर घरघरमा वितरण गर्ने गरी सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजनाप्रभावित भएको छ । सेतीनदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको ईन्टेक भएको ठाँउ भएर बग्न थालेको छ । ईन्टेक भएर सेती नदी बगेपछि खानेपानीका सबै संरचनामा क्षति पुगेको छ । साना सहरी खानेपानी आयोजना निमार्णका लागी एसियाली विकास बैङ्क र नेपाल सरकारको ७० प्रतिशत आर्थिक सहयोग रहेको छ । यस्तै नगरविकास कोष र उपभोक्ताहरुको ३० प्रतिशत लगानीमा यो आयोजना निमार्ण हुन लागेको हो । जयपृथ्वी नगरपालिकाले पनि म्याचिङ फण्ड बापत ४५ लाख रुपैयाँ सहयोग गरेको छ । जिल्ला सदरमुकाम चैनपुर लगायत आसपासका क्षेत्र देवल र भोपुरका करिव १ हजार ९५ घरधुरीलाई पाइप लाइन मार्फत्त खानेपानी वितरण गरिने योजना थियो । सेती नदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको ईन्टेकभएको ठाँउ तिर आएको छ । सेतीले ईन्टेकमा पुरै क्षति गरेको छ ।” योजनाको लागी घरघर सम्म पाईप विच्छाउने काम सकिएको र ठेकेदार संग निमार्ण कार्य कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भईरहेको विष्टको भनाई छ ।
आयोजना निमार्णका लागी २०१९ अप्रिल ७मा ठेक्का सम्झौता भएको थियो । २२ करोड ९२ लाखको लागतमा निमार्ण हुन लागेको आयोजनाको काम ठेकेदार कम्पनि आशिष निर्माण सेवा र सिएवी कन्ट्रक्सनले निमार्णको जिम्मा पाएको थियो । आयोजनाको काम २०७७ कार्तिक महिनामा सम्पन्न गरिसक्नु पर्ने भएपनि लकडाउनका कारण तोकिएको समायावधिमा काम सम्पन्न हुन सकेको छैन । आयोजनाको निमार्ण कार्य सुरु भए लगत्तै लकडाउन भएको र दक्ष कामदार नेपालमा नहुँदा ढिलाई भएको हो । लकडाउनका कारण आयोजनाको सम्पोईल साईड र रिजर्व टं्याङकीको फाउण्डेसन निर्माण गर्नका लागी आवश्यक दक्ष जनशक्ति नेपालमा नभएको र मजदुरहरु भारत बाट ल्याउनु पर्ने हुँदाढिलाई भएको निमार्ण कम्पनिका परामर्शदाता मकर बहादुर स्वारले बताए ।
सेती नदीले खानेपानीको ईन्टेक बगाए संगै सदरमुकामवासीको पानी पिउने सपना झनै अधुरो भएको छ । घरमै पानी पाउने आशले जयपृथ्वी नगरपालिका ११ भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई पैसा तिरेको ३ बर्ष जति हुन थाल्यो । घरैमै पानीको धारा बन्ने भएपछि खुसी भएका जाशीले अहिले सम्म पानी पाएका छैनन । उनले भने “म संग पैसा थिएन । अरु संग मागेरै भए पनि १० हजार रुपैयाँ तिरे । अहिले सम्म धारामा पानी आएको छैन् । घर सम्म पाईपलाईन पुगेको छ । तर धारामा पानी आएर कहिले पिउन पाईने हो थाहा छैन् ।” आयोजना समयमै सकिएला र स्वच्छ पिउने पानी पाईएला भन्ने सदरमुकामवासीलाई बहुलीगाड र सेतीको पानी नै प्यारो हुने भएको छ ।
जयपृथ्वी नगरपालिका ९ देवल घर भएकी टिटा मगर धामीको गुनासो पनि उस्तै छ । उनले भनिन् “खानेपानीको चरम अभाव खेपिरहेका थियौ । आयोजना बन्ने भएपछि मैले पनि १० हजार रुपैयाँ तिरेको करिब ४ बर्ष जति हुन लाग्यो । म मात्र होईन हाम्रा टोलका धेरै मानिस हरुले पैसा तिरेका हौ । तर चार बर्ष पुग्न लाग्दा पनि घरमा पाइप मात्र विछ्याएको छ ।” सेती नदीले खानेपानीको ईन्टेक बगाए पछि बर्षौ देखि खानेपानीको अभाव भोग्र्दै आएका सदरमुकामवासीको पानी पिउने सपना पनि सेतीमै बगेको छ ।अहिले सदरमुकाम क्षेत्रमा चैनपुर खानेपानी योजनाले बजारमा दिनको आधा घण्टा पानी दिने गरेको छ । खानेपानीको चरम समस्या देखिएपछि सदरमुकामबासी दैनिक रुपमा बाउलीखोला र सेती नदीको धमिलो पानी प्रयोग गर्न बाध्य भएका छन।