नेभिगेशन
विचार

तत्कालिन् तल्कोटदराले गुमायो एक शैक्षिक धरोहर

प्रथमतः आदरणीयगुरु देविचन्द्र जोशीज्यूको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ! यो दु:खद समयमा उहाँको परिवारजनमा पर्न गएको मर्मप्रति हार्दिक समवेदना समेत ! उहाँसँग धेरै साक्षात्कार गर्ने अवसर मैले नपाएता पनि जति पाए त्यसबाट म अनुग्रही छु र मेरो जीवनमा प्रेरणाको श्रोत ठान्दै उहाँको छोटो जीवनी र तल्कोटदराको शैक्षिक विकासमा उहाँले पुर्‍याउनु भएको योगदानको उच्च कदरसहित भावपूर्ण श्रद्धासहित केहि लेख्ने अनुमति चाहन्छु।

आदरणीय ब्यक्तित्व देविचन्द्र जोशीको जन्म २००५ साल चैत्र १७ गते हालको तल्कोट गाउँपालिका अन्तर्गत पर्ने बेत्कालामा भएको थियो । उहाँ सानै उमेरदेखि जिज्ञासु, निडर र गाउठाउँको लागी केही गर्नुपर्छ भन्ने स्वभावको हुनुहुन्थ्यो। जन्मेको ५/६ बर्षबाटै उहाँको वैदिक शिक्षा धुलौटोको माध्यमबाट घरमै सुभारम्भ भयो। जोशी तत्कालीन समयमा तल्कोटदराको खौलास्थित `खौला प्राइमरी´ स्कूलमा भर्ना भएर अध्ययन गर्न चाहन्थे, तर बुवाआमाको गरिविका कारण त्यो सम्भव थिएन र बाल्यकालमै औलको हाट (टनकपुर) र लेकको भोट (तिब्बत) खेप्नु उहाँको बाद्यता थियो र गर्नुपनि भयो।

 हुनेहार दैव नटार भनेझैं आफ्नै जिद्दिले उहाँले २०१३/१४ सालतिर खौला प्राइमरीमा भर्ना भए र त्यसको दुइबर्षमै प्राइमरीको पढाइ पूरा गरे। त्यसपश्चात् उहाँ जेनतेन बझाङ सदरमुकामस्थित सत्यवादी माध्यमिक विध्यालय भर्ना भए र २०२७ सालतिर एस.एल.सी.मा सम्मिलित भइ त्यसको एक वर्षपछि अध्ययन पूरा गरे। 


त्यसपछि उनी तल्कोट फर्किए र लामो समयदेखि प्राइमरी पाठशालाकै रुपमा कायम रहेको खौला प्राइमरीलाई आफू प्रधानाध्यापक भएर मिडिल स्कूलमा बढोत्तरी गर्ने सोचाइमा लागे । तर, तल्कोटी रजबारहरुको छहारीमा हुर्के बढेको माटो भएका कारण त्यो उनलाई त्यति सहज भएन जति सोचेका थिए । जे भए पनि उहाँको निडरता र निरन्तरताका कारण केही समय पश्चात् आफू प्रधानाध्यापक भएरै छोडे र उहाँकै भनाइअनुसार तन, मन र केही धनको समेत लगानी गरेर २०२८/२९ सालतिर मिडिल स्कूलको अनुमति लिएरै छोडे । त्यो उहाँका लागि ठूलो सफलता थियो र आम तल्कोटदरा बासिका लागि एउटा आधारशिला पनि ।  

उनी प्रधानाध्यापक त भए तर २०२८ सालतिर राशिपयो लागू भएसँगै middle स्कूलको प्रधानाध्यापक हुन इन्टरसम्मको योग्यता हुनुपर्थ्यो जो उहाँसँग थिएन। यसै कुरालाई मध्यनजर गरी उहाले पढ्नेसोच गरे र २०३२/३३ तिर काठमाडौ गए, व्यावसायिक क्षेत्रको कृषि विज्ञानमा भर्ना भै दुई वर्षमै पास गरेर बझाङ फर्किए र पून: जोडबल लगाएर प्रधानाध्यापक भए र गाउँबस्तिमा गएर चन्दा संकलन गरि माद्यामिक तहको विध्यालय बनाउने सोचमा लागे। तर, तत्कालीन् समयमा सोको अनुमति पाउन निकै गाह्रो थियो । आटेको काम गरेरै छोड्ने उहाँको बानी भएका कारण जिल्लादेखी केन्द्रसम्मै त्यसका लागि पहलकदमी थाले पनि ।

त्यसै बीचमा उनी काठमाडौं गए र दरवारमा तत्कालीन समयको तल्कोटदराको इतिबृतान्त सहितको बेदना अभिव्यक्त हुने खालको बिन्तिपत्र लेखेर राजाकहाँ चढाए। बेदनाको अभिव्यक्ति र तल्कोटदराको सम्बन्ध भोटसङ नजिक भएका कारण दरवारबाट केहि समयपश्चात नै बोधार्थ देविचन्द्र जोशी उल्लेख गरि तत्कालीन जिल्ला शिक्षा कार्यालयमा सोधखोज गरि अनुमति आवश्यक भए माविको अनुमति दिनु भन्ने पत्र बझाङ पुगेछ।

 यो कुराको चियोचर्चा बझाङमा भएछ र कोटा लिनदिनका लागि हालको झोता निवासी जोइगिरी पनि आफ्नो स्कूलका लागि आएको र आफुले पाउनुपर्यो भन्दै जिल्लामा भनसुन र उसैपरे गलहत्याएर लिने तयारीमा लागेछ्न्। त्यो कुरा थाहा पाएर जोशी पनि चैनपुरमा नै बसेर कुटनैतिक छलफलमा लागेछ्न। त्यतिबेला जिल्ला सभापति नवराज जोशी तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद हुनुहुन्थ्यो। 

अन्तमा २०३७ साल फाल्गुन तिर जवर्जस्त निर्णय नै गराएर दुर्गाभवानी माविको कोटा तल्कोटदरामै लग्न जोशी सफल भएका थिए। उहाँका अनुसार माविको उद्घाटन त्यसै वर्षको चैत्रमा भएको थियो। 

माविको प्रअको लागि स्नातक तहको योज्ञता आवश्यक पर्ने भएकाले उनी पून: काठमाडौ गएर स्नातक गरे र फर्केर पून: दुर्गा भवानीको प्रअ भए। केही वर्ष शैक्षिक सेवा गरेर उनी राजनीतिमा होमिए। बि.स. २०४२ सालतिर जोशिले प्रधानाध्यापक पदबाट राजीनामा दिएर काठमाडौं स्थायी ठेगाना भै दुर्गाभवानी माविमै कार्यरत शिवहरी फुयाललाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएका थिए। 

शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका जोशिलाई राजनीति भने फापेन र २०४२ सालको चुनावमा हार ब्यहोर्नु पर्‍यो । त्यसपश्चात् जोशिले अस्थायी रुपमा काठमाडौं बसाइ सारे र त्यही आफ्नो बाँकी जीवन बिताए । यी यावत् कारणले तल्कोटी जनताले मात्र हैन आम बझाङबासीले तपाइलाई युगौंयुगसम्म सम्झिरहने छ्न् । लामो समयदेखि क्यान्सरबाट पीडित जोशी आज बिहान ३ बजेर ४५ मिनेटको समयमा यो धरतीबाट परलोक जानुभयो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ! 


( यो लेखन गत वर्ष उहाँ बझाङ आएको बेला मैले(एलबी बोहरा) गरेको सम्वादमा आधारित छ । )

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगतदेखि जयपृथ्वी बहुमुखी क्याम्पसमा अध्यापनरत हुनुहुन्छ ।
थप विचार
‘रेडियोमा भविष्य छैन’ भन्दा दुःख लाग्छ

‘रेडियोमा भविष्य छैन’ भन्दा दुःख लाग्छ

सञ्चारको विश्वसनीय र भरपर्दाे माध्यम रेडियो हाम्रो जस्तो दुर्गम ठाउँमा अत्यन्तै लोकप्रिय छ ।
पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन :  वरिष्ठ भूगर्भविद् अधिकारी

पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन : वरिष्ठ भूगर्भविद् अधिकारी

हामीले पश्चिम नेपालमा जुन महाभूकम्पको जोखिमको कुरा गरिरहेका छौँ, त्यसलाई अहिले गएको भूकम्पले कम गर्दैन भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ ।
सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

सामाजिक सञ्जालमा नाङ्गीएका बझाङका भट्टराइ र सोती सरहरु, कारण यस्तो छ

नेट इन्टरनेटले मानिसहरुलाई आजभोली यति धेरै त्रसित र यति धेरै सजिलो बनाएको छ कि जुन हाम्रो परिकल्पनाभन्दा बाहिर जान्छ ।
बझाङ भूकम्पसँगै बदलिएको जनजीवन: एक अनुभव

बझाङ भूकम्पसँगै बदलिएको जनजीवन: एक अनुभव

बझाङमा प्रलयकारी भूकम्प जाँन्नहोला भने कुराले म निश्चिन्त कहिलै हुन सकिनँ।
भर्खरै