नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा झरीका कारण पाकेको धान खेतमै उम्रन थाल्यो

बझाङ: सुदूरपश्चिम प्रदेशमा परेको लगातारको झरीका कारण पाकेको धान खेतमै उम्रन थालेको छ। गत बुधबारदेखि लगातार ६ दिनसम्म परेको पानीले पाकेको धान खेतमै उम्रन थालेको किसानहरूले बताएका छन्।

काट्न तयार भएको र झरीपछि खेतमै ढलेको धान उम्रेको किसानले बताएका छन्। धनगढी उपमहानगरपालिकासहित स्थानीय तहले क्षतिको विवरण संकलनमा काम गरिरहेको बताएका छन्। पालिकाहरूले वडा कार्यालमार्फत क्षतिको विवरण संकलन गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बुधबारदेखि किसानको खेतमा वर्षाले गरेको क्षतिको विवरण संकल्प थालिएको बताएका छन्। ‘हामीले किसानको गुनासो आएको वडाबाट खेतको अनुगमन गर्ने र क्षतिको मुल्यांकन गर्न थालेका छौं’ उनले भने, ‘विभिन्न वडाबाट पाकेको धान खेतमै उम्रन थालेको गुनासो आएको छ।’


वर्षापछि खेतहरूमा पानी जमेकाले अझै एक हप्तासम्म धान काट्ने अवस्था नरहेको किसानहरूले बताएका छन्। खेतमा जमेको पानी नसुक्दै फेरि वर्षा भए धान बालीमा पूर्ण क्षति हुने भन्दै किसान चिन्तित भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का किसान मेखप्रसाद शर्माले लडेको धान कुहिएको र पाकेको धान बालामा नै उम्रन थालेकोले किसान चिन्तित भएको बताएका छन्। ‘फूलबारी क्षेत्रमा खेतमा पानी भरिएको छ। पानीको निकास बन्द गरिएको छ,’ उनले भने, ‘लडेको धान त खत्तमै भएको छ। पाकेको धान पनि यो पाला त बालैमा उम्रदा हामी किसान हैरान भएका छौं।’

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अधिकांश खेतको धान बालीमा पानीले क्षति गरेको छ। काट्न तयार भएको र काटेको धानमा ठुला क्षति भएको वडा नम्बर १६ का वडा अध्यक्ष रामलाल चौधरीले बताए। ‘वडा नम्बर १६ को धेरै खेतमा पानीको कारण धानमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘धान खेतमै उम्रन थालेको छ अनुगमन गर्न कृषि शाखामा खबर गरेको छु।’


प्रदेशका विभिन्न स्थानीय तहले अनुगमन र मूल्यांकन गर्न कृषि शाखाको टोली परिचालन गरेका छन्। तर, गत वर्ष झै यो वर्ष धानमा ठुलो क्षति नभएको कृषि अधिकारीहरूको अनुमान छ। प्रदेशमा निकै कम मात्रै किसानले धान काटेकाले ठुलो क्षति हुनबाट जोगिएको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए। ‘यो वर्ष हामीले पनि दसैँको समयमा पानी पर्छ भनेर सूचना गरेका थियौँ। स्थानीय तहबाट पनि मौसमबारे सूचना प्रवाह भयो, जसले गर्दा किसानले धान काटेनन्,’ उनले भने, ‘धान नकाटेको कारण यो वर्ष निकै कम क्षति भएको अनुमान गरेका छौँ।’


गत वर्ष कार्तिक पहिलो साता परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा धान बालीमा ठुलो क्षति भएको थियो। गत वर्ष अधिकांश किसानले धान काटेका कारण ७ अर्ब बढीको क्षति भएको थियो। तर, यो वर्ष धान काट्न बाँकी नै रहेकाले न्यून क्षति भएको अनुमान गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै