नेभिगेशन
समाचार

समयमै खबर नगर्दा गयो खिनाको ज्यान 

जयपृथ्वी राजमार्गबाट आधा घण्टाको दुरीमा छ केदारस्युँ गाउँपालिका –१ डुडिल गाउँ । डुडिलकी खिना बोहरालाई आइतबार दिउँसोदेखि सुत्केरी ब्यथाले च्याप्न थाल्यो । घरमा सासु एक आँखाले देख्छिन् भने ससुरा दुबै आँखा गुमाएका दृष्टि बिहीन छन् । नन्दहरु भए पनि सानै उमेरका छन् । खिनाले बिहे गरेको करिब एक वर्ष भयो ।

उनको श्रीमान् उमेश बोहराले बिहे गरेको चार महिनामै उनलाई छोडेर भारत गएका थिए । उमेश रोजगारीका लागि भारत गएको ८ महिना बित्यो फर्किएका छैनन् । आइतबार दिउँसोबाट सुत्केरी ब्यथाले च्यापेकी खिनाकी सासु महिनाबारीका कारण घर बाहिर थिइन् । सासु पुनीदेवीले खिनालाई बेला बेला अफ्‌ठ्यारो के कस्तो सोधिरहन्थिन् तर खिनालाई राति झन् झन् प्रसव पिडा हुन थालेपछि सासुलाई खबर गरिन् । 

राति २ बजेको समय भएकाले सामान्य होला भन्दै खिनाका सासु र नन्दहरु बिहान उज्यालोका लागि पर्खि बसे । ब्यथा थप च्यापेपछि बिहान ४ बजे उनलाई घरबाट केदारस्युँ एक देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रका लागि घरबाट हिडालियो । गाउँमा स्ट्रेचर नभएपछि उनलाई हिडाउनपर्ने बाध्यता थियो । गाउँका दुई जना युवा, सासु ससुरा, गाउँको तीन जना महिला र नन्दहरु साथमा थिए । उनको घरबाट सामान्य मानिसले हिड्दा करिब १५ मिनेट लाग्ने भट्टे भन्ने ठाउँमा उनले बिहान ४ः३० बजे छोराको जन्म दिइन् । उनले जन्माएको शिशु रुने कराउने कुनै संकेत नभएको स्थिर जन्मियो । छोरा जन्मिएपछि खिनाको नन्द र फुपु वडा सदस्य पदमप्रसाद भट्टको घरमा हँसिया र पानी माग्न पुगिन् ।

वडा सदस्य पदमप्रसाद भट्टले सोधपुछ गर्दा खिनाले छोरा जन्माएकाले हँसिया र पानी माग्न आएको नन्द र फुपुले बताए । त्यसैबेला वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब कमल कुमार मल्ललाई खबर गरि एम्बुलेन्स बोलाए । आफू पनि खिना सुत्केरी भएको स्थल तर्फ हिडे । 
वडासदस्य भट्ट त्यहाँ पुग्नसम्म पनि खिना जिवितै थिइन् भने शिशुको अवस्था स्थिर थियो । सुत्केरी भएको एक घण्टासम्म बच्चातिर हेरेकी खिनाको रक्तश्राव भएको र बच्चाको पनि गर्भबाटै स्वास्थ्य अवस्था ठिक नभएको हुँदा ज्यान गएको रायल प्राथमिक स्वास्थ्य केन्द्रका सियिर अहेब कमल कुमार मल्ले बताए ।

“बिहान करिब ६ः३० बजे चिकित्सकहरुसहित एम्बुलेन्स खिना सुत्केरी भएको स्थलबाट सिधा तल जयपृथ्वी राजमार्गमा आइपुगेको थियो । म र अनमी जानकी कुमारी भण्डारी लगायतको स्वास्थ्यकर्मीले चेकजाँच गर्दा पनि आमा र शिसु दुबैले प्राण त्यागी सकेका थिए । हामीलाई राति जतिबेला फोन गरे पनि जान सकिन्थ्यो । तर कुनै खबर नभएकाले आमा शिशुको ज्यान गयो । यो साह्रै दुःखद घटना हो ।” सिनियर अहेब मल्लले भने । 

छोरा जन्माएको खुशी साट्दै बुहारीले मेरो काखीमा अडेस लगाएकी हो । हामी पनि खुशी थियौं तर कुरा गर्दागर्दै रगत धेरै बग्यो । केहीबेरमै बुहारीले बोल्न छाडिन्, खिनाकी सासु पुनीदेवीलाई उदृत गर्दै वडा सदस्य पदमप्रसाद भट्टले भने । शिशुले खिनाको काखमा प्राण त्याग्यो, खिनाले सासुको काखमा प्राण त्यागेको वडा सदस्य भट्टको भनाई छ । 

‘गाउँमा अटो पनि चल्छ, सडक पनि छ तर स्ट्रेचर नभएको साँचो हो । खिनाका परिवारले आफूलाई खबर नगर्दा यो अवस्था आएको हो ।,’ वडा सदस्य भट्टले थप्दै भने ।  सिनियर अहेब कमल कुमार मल्ल पनि गाउँमा सामान्य हिसाबले सुत्केरी भइहाल्छन् भन्ने उदेश्यले पनि स्वास्थ्य संस्थामा नलैजाने गरेको बताउँछन् ।

श्रीमति र शिशुको मृत्युपछि उमेश भारतबाट नेपाल फर्किरहेका छन् । केदारस्युँ गाउँपालिका सडक सञ्जालले छोए पनि नागरिकमा अझैं जनचेतना नभएको गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहरा स्वीकार्छन् । खिनाजस्तै समयमै उपचार नपाएर धेरै आमा र शिशुको ज्यान गएको र अब यी कुरामा संवेदनशिल हुने केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिसा धामीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ

बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै

देशभर मनसुनी वायुको प्रभाव कमजोर बनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायु कमजोर रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

मेरै कार्यकालमा थलारा -१ का सबै टोलमा सडक, विद्युत र इन्टरनेट पुग्छ : वडाध्यक्ष जोशी

थलारा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष रविन्द्र जोशीले सञ्चार, सडक र विद्युतजस्ता आधारभूत सेवा सुविधाहरू वडा अन्तर्गतका सबै टोलटोलमा पुर्या‍उने प्रतिबद्धता जनाउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा आर्थिक वर्ष २०८१/८२ मा १ सय ११ वटा मुद्दा दर्ता, सबैभन्दा बढी अभद्र व्यहारका

जिल्ला प्रहरी कार्यालय बझाङमा एक वर्षको अवधिमा १११ वटा मुद्धा दर्ता भएका छन । गत आर्थिक वर्ष २०८१-०८२ को साउन देखि असार मसान्त सम्म विभिन्न घटनाका १११ वटा...
भर्खरै