नेभिगेशन
समाज

चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेन

बझाङ:  चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेको छैन । अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अझै सुचारु भएको छैन् । गएको आइतबार सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको र पर्खाल लगाउने काम भईरहेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।

चारदिन देखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधन र अन्य सवारी साधन बीचबाटोमै रोकिएका छन् । बैत८ीकाे खोडपे बाट झौलेक सम्म साना सवारी जिपहरुले यात्रुहरुलाई पुर्याउने गरेका छन् भने त्यहाँबाट अर्को सवारी साधनमा जानुपर्ने बाध्यता छ । जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने र बझाङबाट अन्यत्र जाने सवारी साधन र बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका लगायतका ठाउँबाट अन्यत्र जाने यात्रुहरु  मार्कामा परेका छन् । जयपृथ्वी राजमार्गमा बर्षातको समयमा बेलाबेलामा समस्या आउने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै