नेभिगेशन
Tihar Banner
Tihar Banner
भिडियो ग्यालरी

फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल

एक्सन स्टार बिराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल भएको छ । दसैँको अवसर पारेर फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्मको अहिलेसम्मको व्यावसायिक हिसाब एकमुष्ट प्राप्त हुन बाँकी रहेकोले आम्दानी यति भनेर भन्न सकिने अवस्था नरहेको कलाकार तथा निर्माता निर्देशक बिराज भट्टले बताए ।

‘सुरुको दिन देखिनै फिल्ममा दर्शक राम्रो देखिएका थिए’, भट्टले भने ‘फिल्मको क्रेज देख्दा म आफै छक्क परेको छु ।’ फिल्मको साप्ताहिक व्यवसाय आज साँझ वा भोलि बिहान सार्वजनिक हुने उनले जानकारी दिए ।

बिराजको अलावा उनका छोरा समीरको समेत मुख्य भूमिका रहेको फिल्ममा सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतकाको अभिनय छ ।

फिल्मको निर्माण पनि बिराज आफैले गरेका हुन् ।  फिल्ममा अर्जुन पोखरेल र नीरज सिंहको सङ्गीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, महेश पौडेल र राजु लामाको डीओपी, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन छ । 

प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर

सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर

विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ ।
‘नहेर मलाई’को म्युजिक भिडियो सार्वजनिक

‘नहेर मलाई’को म्युजिक भिडियो सार्वजनिक

म्युजिक भिडिओ ‘नहेर मलाई’ बुधबार सार्वजनिक भएको छ ।