नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा

 बैशाख : जिल्लाको थलारा गाउँपालिका पूर्णखोप युक्त गाउँपालिका घोषित भएको छ । पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना भन्ने नाराका साथ एक कार्यक्रमकाबीच पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो ।

थलारा गाउँपालिका अध्यक्ष भूवनेश्वर उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक खडक बहादुर खड्का प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष गँगु खडायत, स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशी रहेका थिए । कार्यक्रममा बाल्दै स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले जिल्लाका १२ वटै स्थानीय तहलाई पूर्णखोप युक्त घोषणा गर्दै जिल्ला नै पूर्णखोप युक्त घोषणा गर्ने योजना रहेको बताएका थिए । 

साथै उनले सर्वेक्षणले जन्म देखि १५ महिना र ६ महिनादेखि २३ महिना भित्रका सबै बालबालिकालाई सबै खोप लगाइएको देखाइएकाले थलारा गाउँपालिकालाई पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको बताए ।त्यस्तै गाउँपालिका अध्यक्ष  र उपाध्यायले गाउँपालिकालाई पूर्णखोप युक्त घोषणा मात्रै नभई छाउगोठ युक्त, पोषण युक्त र पूर्ण सरसफाइ गाउँपालिका घोषणा गरिने पनि बताएका छन् । 

कार्यक्रममा थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर आलीले थलारा गाउँपालिकामा ७ सय ५ जनाले पूणर् खोप पाएको प्रत्येक घरधुरीका १५ महिनासम्मका बालबालिकालाई खोप लगाउन महिला स्वास्थ्य स्वयम सेविकाले महत्वपुर्ण भूमिका खेलेको कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...