नेभिगेशन
सुदूरपश्चिम

बझाङमा सडक निर्माण कार्यले यातायात अवरुद्ध

बझाङ : बझाङमा बाग्थला-बुंगल सडक निर्माण कार्यले यातायात सेवा अवरुद्ध भएको छ । साघुँरो सडकलाई डबल लेन र कालोपत्रे गर्ने उद्येश्यले सडक निर्माण भइरहेको बेला केदारस्युँ गाउपालिका- ५ बगडी बजार नजिकै पहिरो निस्किएकाले सडक सडक अवरुद्ध भएको हो  । कालोपत्रेका लागि केएस कन्स्ट्रक्सन निर्माण प्रा.लिले काम गरिरहेको छ ।  

पहिरोले ५० मिटर बाटो बन्द भएको र सडक खोल्न केही दिन लाग्न सक्ने निर्माण कम्पनीले जनाएको छ । गयराति २/३ बजे तिर आएको पहिरोसँगै चट्टान पनि आएकाले बाटो खुलाउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्।