नेभिगेशन
सुदूरपश्चिम

महाकालीपारिको हजार रोपनी नेपाली भूमिमा भारतको गलफती

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरी एकतर्फी रूपमा नेपाली भूमिमै तटबन्ध निर्माण सुरु गरेपछि सोमबार दुवै देशका अधिकारीले स्थलगत निरीक्षण गरेका छन् । 

२०७० मा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा नेपालको भूमि नदीपारि परेको थियो । अहिले भारतले सोही क्षेत्रमा तटबन्ध निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै आएको थियो ।

भारतले सहमतिबिनै एकतर्फी रूपमा नेपाललाई असर पर्ने गरी तटबन्ध निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले रोक्न पटक–पटक पत्राचार गरेको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार स्थानीय स्तरमा पटक–पटक काम रोक्न पत्राचार गरिएको छ । तर, अहिले पनि भारतीय पक्षले तटबन्ध निर्माण रोकेको छैन । तटबन्ध निर्माण रोक्न माग गर्दै संघीय सांसद दिलेन्द्रप्रसाद बडुले संसद्मै आवाज उठाएका छन् । 

भारतले तटबन्ध बनाइरहेको विषयमा यसअघि पनि नापी विभागको टोली दार्चुला पुगेको थियो । नेपालबाटै भारतले निर्माण गरिरहेको तटबन्ध हेरेर टोली एक महिनाअघि फर्किएको थियो ।

त्यतिबेला बनाएको प्रतिवेदन भने सार्वजनिक गरिएको थिएन । पछिल्लो समय संसद्मा समेत भारतले निर्माण गरेको तटबन्धको विषय उठान भएपछि दुवै देशका नापी विभागका अधिकृतले स्थलगत निरीक्षण गर्ने सहमति भएको थियो । 

नापी विभागका उपसचिव दयानन्द जोशीको नेतृत्वमा ५ जनाको टोली सीमासम्बन्धी नक्सा लिएर दार्चुला पुगेको हो । यद्यपि नक्सा सार्वजनिक गरिएको छैन् । दुवै देशका अधिकारीले वीरेन्द्र वनको पारिपट्टि मिचिएको भूमिको निरीक्षण गरेका छन् । 

भारतबाट जैतेन्द्र सिंहको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो । नेपाल– भारतका सुरक्षाकर्मी पनि टोलीमा सहभागी थिए । 

स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै विभागका उपसचिव जोशीले भारततर्फ गएको भूमिको प्वाइन्ट खोज्ने काम गरिने बताए । उनले भने, ‘हाम्रो के–कति भूमि गएको हो भन्नेबारे खोजी गरिरहेका छौँ । सकेसम्म विवाद निरुपण गर्छौं । अझै केही दिन दार्चुलामै बसेर सीमाको विषय निरुपण गरिनेछ ।’

यसअघि नेपालबाटै निरीक्षण गरिएको कारण प्रतिवेदन सार्वजनिक नगरिएको हो । २०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको करिब १ हजार रोपनी बढी जग्गा महाकाली नदीपारि परेको महाकाली नदी नियन्त्रण आयोजना निर्देशक शोभाकर पौडेलले बताए ।

उनले भने, ‘महाकालीमा बाढी आउँदा नदीले धार परिवर्तन गरेर दार्चुलाको गल्फै क्षेत्रको करिब १ हजार रोपनी जग्गा महाकाली नदीपारि परेको छ । जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालयलगायतको जमिन सबै नदीपारि परेको छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।