नेभिगेशन
समाज

बझाङका १२ स्थानिय तहको ३३ करोड बढी बेरुजु: सबै भन्दा कम दुर्गाथलीमा

बेरुजु कम गर्ने कार्य सम्पादनमा दुर्गाथलीले केदारस्युलाई उछिन्याे

बझाङ: बबझाङका दुई नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीयतहको ३३ करोड बढी रकम बेरुजु रहेको देखिएको छ । महालेखा परिक्षकको कार्यालयलले सार्वजनिक गरेको ५८ औँ बार्षिक प्रतिवेदन अनुसार बझाङका १२ वटा स्थानीय तहको ३३ करोड ३६ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ । सबै भन्दा बढी बेरुजु साईपाल गाउँपालिकामा र सबै भन्दा कम बेरुजु दुर्गाथली गाँउपलिकामा देखिएको छ । महालेखा परिक्षकको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ३३ करोड ३६ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ । सबै भन्दा बढी बेरुजु देखिएको साईपाल गाँउपलिकामा ३८ करोड ९८ लाख ८ हजार लेखापरिक्षण रकम मध्ये १० दशमलव ३९ प्रतिशत अर्थात ४ करोड ५ लाख १६ हजार बेरुजु देखिएको छ । त्यस्तै सबै भन्दा कम बेरुजु देखिएको दुर्गाथली गाँउपालिकामा ७५ करोड १३ लाख २७ हजार रकमको लेखापरिक्षण भएकोमा ० दशमलव ७४ प्रतिशत अर्थात ५५ लाख ९१ हजार बेरुजु देखिएको छ । 

आर्थिक बर्ष २०७६÷७७ मा दुर्गाथली गाँउपालिकाको बेरुजु  ५ करोड २९ लाख ४५ हजार अर्थात ७ दशमलव ७८ प्रतिशत रहेकोमा तत्कालीन प्रमुख प्रसासकिय अधिकृत धर्मराज उपाध्यायले गााउपालिकाको बेरुजु शुन्यमा झार्ने लक्ष्य सहित कार्य सम्पादन गरेका थिए । आर्थिक कार्यविधि ऐन २०५५ अनुसार असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी बेरुजु फछ्योट गर्नुपर्ने लगायत वित्तिय अनुसासन अन्र्तगत रहि बेरुजु लाई शुन्यमा कायम गर्ने गरी कार्य सम्पादन गर्दा दुर्गाथली गााउपालिकामा बेरुजु कम आएको हो । यो संगै सुदुरपश्चिमका कम बेरुजु हुने स्थानिय तहको तेस्रो र गाँउपालिकाको दोस्रो गाँउपालिका भएको छ । सुदुरपश्चिममा सबै भन्दा कम बेरुजु भएको गााउपालिका डडेल्धुराको अजयमेरु गाँउपालिका रहेको छ । बेरुजु क मगर्न कुसल कार्य सम्पादनमा दुगाथलीले केदारस्युलाई उछिनेको छ । अघिल्लो आर्थिक बर्षमा सबै भन्दा कम बेरुजु भएको गाँउपालिका केदारस्युँ हो ।

बुङगल नगरपालिकामा १ अर्ब ३८ करोड ३१ लाख ८५ हजार लेखापरिक्षण गरिएको रकम मध्ये ५ करोड ९४ लाख ९ हजार अर्थात ४ दशमलव ३० प्रतिशत र जयपृथ्वी नगरपालिकामा १ अर्ब २५ करोड २९ लाख ३६ हजार लेखापरिक्षण रकम मध्ये ७ करोड २८ लाख ४१ हजार अर्थात ५ दशमलव ८१ प्रतिशत बेरुजु देखिएको छ । दुर्गाथली गाँउपालिकामा ७५ करोड १३ लाख २७ हजार लेखापरिक्षण गरिएको र जसमध्ये ५५ लाख ९१ हजार अर्थात ० दशमलव ७४ प्रतिशत वेरुजु देखिएको छ ।  विथ्डचिर गाँउपालिकामा ८९ करोड ९४ लाख ९६हजार मध्ये ४ करोड ८९ लाख ५५ हजार अर्थात ५ दशमलव ४४ प्रतिशत, थलारा गाँउपालिकामा ९२ करोड ४४ लाख ३९ हजार मध्ये १ करोड ४४ लाख ७६ हजार अर्थात १ दशमलव ९४ प्रतिशत, छविसपाथीभेरा गाँउपालिकामा ९७करोड १७ हजार लेखापरिक्षण रकम मध्ये २ करोड ४८ लाख ८ हजार अर्थात २ दशमलव ५६ प्रतिशत रकम बेरुजु देखिएको हो । 

खप्तडछान्ना गाँउपालिकामा ४ करोड ५ लाख १६ हजार बेरुजु रहेको छ । कुल लेखापरिक्षण गरिएको ८३ करोड ५२ लाख ७० हजारमा बेरुजु आएको रकम ४ दशमलव ८८ प्रतिशत हो । तल्कोट गाँउपालिकामा १ करोड ९२ लाख ५ हजार बेरुजु आएको छ । लेखापरिक्षण गरिएको ७८ करोड २३ लाख ८८ हजारको २ दशमलव ४५ प्रतिशत हो ।सुर्मा गाँउपालिकामा ५१ करोड ७३ लाख ९३ हजार मध्ये १ दशमलव ०२ प्रतिशत अर्थात ५२ लाख ५९ हजार बेरुजु देखिएको छ । मष्टा गाँउपालिकामा ८१ करोड ९० लाख ३३ हजारको लेखापरिक्षण गरिएकोमा ४ दशमलव २२ प्रतिशत अर्थात ३ करो८ ४५ लाख ७९ हजार बेरुजु आएको छ । अघिल्लो आर्थिक बर्षमा जिल्लाको सबै भन्दा कम बेरुजु भएको केदारस्युँ गााउपालिकालाई यस बर्षमा दुर्गाथली गाँउपालिकाले उछिनेको छ । बेरुजु शुन्यमा झार्ने लक्ष्य लिएको गाँउपालिकाले यस बर्ष पनि बेरुजु रकम घटाएको छ ।  गत आर्थिक बर्षमा ० दशमलव ९९ प्रतिशत बेरुजु भएको केदारस्युँको १ अर्व ३ करोड ६० लाख ७२ हजारको लेखापरिक्षण भएकोमा ७९ लाख ३१ हजार अर्थात ० दशमलव ७७ प्रतिशत बेरुजु आएको छ ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै