नेभिगेशन
Tihar Banner
Tihar Banner
भिडियो ग्यालरी

‘नहेर मलाई’को म्युजिक भिडियो सार्वजनिक

म्युजिक भिडिओ ‘नहेर मलाई’ बुधबार सार्वजनिक भएको छ । भिडियो विक्रम योङहाङले निर्देशन गरेका छन् ।

भिडियोले दुई प्रेमीबीचको सम्बन्धको कथा भन्ने प्रयास गरेको छ । फोटो खिच्दै एउटा गाउँ पुगेको फोटोग्राफरको भेट गाउँकी युवतीसँग हुन्छ । र उनीहरूबीच प्रेम मौलाउँदै जाने भिडियोमा देखाइएको छ ।
भिडियोमा कलाकार रमिता राई, युगल लिम्बु र उत्तम योङहाङले अभिनय गरेका छन् ।

रमिता र युगल रंगकर्मी समेत हुन्। त्यसैगरी अन्जु आङ्बो, अनिषा योङहाङ, बाना केरुङ, हैकम थुलुङ, फुङ्गना योङहाङ र रुपा लिम्बुको पनि अभिनय देख्न सकिन्छ। भिडिओलाई भूपेन योङहाङले खिचेका छन्।

निर्देशक विक्रमकै शब्द रहेको गीतमा गायक दीपक तामाङको स्वर छ भने गोविन्द चेमजोङले संगीत भरेका छन् । गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल

फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल

एक्सन स्टार बिराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल भएको छ ।
सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर

सार्वजनिक भयो विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर

विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ ।