नेभिगेशन
सुदूरपश्चिम

 भारतमा कोरोना संक्रमणबाट बझाङका तीन जनाको मृत्यु 

बझाङ : भारतमा सुरु भएको कोरोना महामारीको दोस्रो लहरले तीन जना बझाङी नागरिकको ज्यान लिएको छ । ज्यान गुमाउनेमा वित्थडचिरका एक जना, थलाराका एक जना र केदारस्युँका एक जना रहेका छन् । 

वैशाख ८ गते कोरोना संक्रमण देखिएका थलारा -४ ठिङका ३९ वर्षिय प्रेम नेपालीले वैशाख ११ गते भारतको आन्द्रामा ज्यान गुमाए । यस्तै एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका बिथडचिर गाउँपालिका–७ सुनकुडा सुवाकोटका ५२ वर्षीय जंगबहादुर अधिकारीले भारतको नयाँ दिल्लीमा वैशाख १४ गते राति ९ बजे ज्यान गुमाए । 

यता लामो समयदेखि भारतमा बस्दै आएका केदारस्युँ १ चाैडामका करिब ५३ वर्षिय रलु पार्कीले पनि वैशाख १५ गते बैङ्लोरमा कोरोनाकै ज्यान गुमाए । उनलाई पनि एक हप्ता अगाडीदेखि कोरोना देखिएको थियो । यी एक हप्तामा आफन्तको सम्पर्कमा रहेका मात्रै अझैं एक्लै बसिरहेकाहरु सम्पर्कमा नआएको पनि हुनसक्ने अनुमान रहेको बैङ्लोरबाट राजेश रावलले बताए । 

अहिले कोरोनाको दोस्रो लहर सुरु भएसँगै सबैभन्दा भारत नराम्रोसँग प्रभावित बनेको छ । भारतको राजधानी दिल्लीमा शव जलाउनका लागि घाटको अभाव भएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेपछि दिल्लीमा घाटको अभाव भएको बीबीसीले जनाएको छ ।

दिल्लीका सबै घाट २४ सै घण्टा चलाउँदा पनि दाहसंस्कारका लागि घण्टौँ पर्खनुपर्ने भएपछि दिल्ली प्रहरीका अधिकारीले घाटका लागि नयाँ ठाउँ खोज्न सरकारसँग माग गरेका छन् । उपचारका लागि शय्या र अक्सिजन खोज्नुपर्ने तथा मृत्युपछि घाट पाउन मुस्किल भएपछि प्रहरी अधिकारीले थप घाटको व्यवस्था गर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार चार सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । याे अहिलेसम्म कुनै पनि देशमा एकै दिन पुष्टि भएको सङ्क्रमितको सबैभन्दा ठूलो सङ्ख्या हो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...