नेभिगेशन
Dashain Banner
Dashain Banner
खेल
वर्ष समिक्षाः खेलकुद

खेलक्षेत्र ९ महिना सुनसान, त्यसपछि चलायमान

वर्ष समिक्षाः खेलकुद

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि ठप्प खेलकुद यो वर्षको पुसदेखि सुचारु भयो । करिब नौ महिना कुनै गतिविधि हुन नसकेको खेलकुद अहिले पुरानै लयमा फर्किँदैछ ।

कोरोनाका कारण बीचैमा रोकिएको फुटबलको बी डिभिजन लिग, थ्री नेसन्स कप, क्रिकेटको महिला-पुरुष प्रधानमन्त्री र मेयर कपसँगै मार्सल आर्ट्स, एथ्लेटिक्स र नेटगेम्सले खेल क्षेत्रलाई चलायमान बनाएका छन् ।

प्रतियोगिता त निरन्तर प्रक्रिया नै थिए । तर, यो वर्ष २०७७ मा नेपाली फुटबलमा एउटा नयाँ अभ्यासको सुरुआत भयो, फ्रेन्चाइज लिगका लागि अक्सन । क्रिकेटमा विगतका वर्षहरूदेखि नै अभ्यासमा रहेको अक्सनमार्फत् खेलाडी किनबेचको परम्परा वैशाखमा हुने नेपाल सुपर लिगले पनि अपनायो ।

त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीले पनि लामो समयपछि घरेलु मैदानमा उपाधि जित्यो । कोरोना भाइरसको महामारीपछि अन्य खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता भएनन् । तर, राष्ट्रिय प्रतियोगिताले भने स्थान पाए । केही चर्चित प्रतियोगिता र खेलकुसँग सम्बन्धित गतिविधि यस्ता छन्ः

१. थ्री नेसन्स कपको आयोजना र च्याम्पियन

लगातार आठ अन्तर्राष्ट्रिय खेलमा गोलविहीन नेपालले गोलको खडेरीसँगै लामो समयदेखि उपाधि क्याबिनेटको सन्नाटा चिर्दै नेपालले थ्री नेसन्स कपको उपाधि घरेलु मैदानमै उचाल्यो । बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यु २३ टोली सम्मिलित प्रतियोगिताको उपाधि नेपालले जितेको हो । राष्ट्रिय टोलीले घरेलु मैदानमा च्याम्पियन बनेसँगै एन्फाबाट १ लाख र सरकारको पक्षबाट ४ लाख पनि प्राप्त गरेको छ ।

आइपिएलमा सन्दिप अनुपस्थित

नेपालीका लागि यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल)का तीन सिजनको चार्म यो वर्षको तुलनामा बेग्लै थियो, कारण सन्दीप लामिछाने । पछिल्लो तीन वर्षसम्म दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीप लामिछाने यो वर्ष बिक्री भएनन् ।

दिल्लीसँगको तीन वर्षको सम्झौता टुङ्गिएसँगै अक्सनमा समावेश भएका सन्दीपलाई कुनै टोलीले भित्र्याएनन् । र, त्यो नेपाली क्रिकेट र समर्थकका लागि निराशाजनक खबर थियो । सन्दिप अन्य देशका लिगहरुमा भने खेलिरहेका छन् ।

महिला-पुरुष प्रधानमन्त्री कप र मेयर कप

कोरोना भाइरसको बन्देज हटेसँगै नेपाली क्रिकेटले पिकअप लियो । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितासँगै गतिविधि सुरु गरेको क्रिकेटले छोटो अवधिमा पुरुष–महिलाको प्रधानमन्त्री कप र मेयर कपको पनि सफल आयोजना गरेको थियो ।

आरबीबी-एनभीए भलिबल

नेपाल भलिबल संघको आयोजनामा आरबीबी-एनभीए लिग महिला तथा पुरुष लिग राष्ट्रिय भलिबल च्याम्पियनसिपको सफल आयोजना गर्यो । नेपाली राष्ट्रिय स्तरका प्रतियोगितामा विभागीय टोलीको दबदबा चिरेको यो भलिबलले हेल्प नेपाल र न्यु डायमन्डलाई च्याम्पियन बनाउँदै प्रतियोगिताको सफल आयोजना गर्यो ।

सावित्राको १२ गोल

नेपाली महिला फुटबलकी सर्वकालिन सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी सधैँ चर्चित नाम हो । विगतका वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कारणले चर्चा बटुल्दै आएकी सावित्राले यो वर्ष एकै खेलमा १२ गोल गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सम्पन्न राष्ट्रिय महिला लिगमा चौदण्डिगढी नगरपालिकाविरुद्ध एपीएफ क्लबले २२–० को जित निकाल्दा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन् ।

यसबाहेक विभिन्न प्रतियोगिता आयोजना भए । तर, विगतका वर्षहरूमा बाह्रै महिना चलायमान हुने नेपाली खेलकुद यो वर्ष छिटपुट प्रतियोगितामा मात्रै सीमित रह्यो । तीनै सीमित गतिविधिबाट केही ‘इन्सिडेन्ट’ ले मात्रै चर्चा पाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।