नेभिगेशन
सुदूरपश्चिम

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

नेपाल कम्युनिष्ट पार्टीका सुदुरपश्चिम इन्चार्ज भरत सीले नेपालमा अन्य दलको सिद्धान्त नागरिकको जीवन स्तर उकास्ने नभई आफु निकटका कार्यकर्ताहरुको भविष्य बनाउने तिर केन्द्रित भएको बताउनुभएको छ । बझाङ सदरमुकाम चैनपुरमा आज पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपाका सुदुरपश्चिम इन्चार्ज भरत सीले यस्तो बताउनुभएको हो । साथै उहाँले जनताको जीवनस्तर दिनदिनै गिर्दै गएको भएपनि सत्ता र प्रतिपक्षमा रहेका दल र ती दलका नेताहरुलाई कुनै चिन्ता नभएको बताउनुभयो । दलहरुले नागरिकप्रति दिनदिनै हैकमबादी प्रवृती लाद्दै गएका कारण अव जनाताले सोच्ने समय आएको समेत उहाँले बताउनुभयो । नागरिकको जीवनस्तर बदल्ने र समानरुपमा पहिचान स्थापित गर्नका लागी नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त र विचारमा ऐकेवद्धता जनाउनु पर्ने दावी गर्नुभयो । 
पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको समेत उहाँले आरोप लगाउनुभएको छ । एमसीसी नेपालको विकासको पक्षमा नभई अमेरीकी सेनाको परेट खेल्ने मैदान भएको र उक्त कुरा अमेरीकी सेना नेपालमा आएर पुष्टी भएको उहाँले बताउनुभयो । 
यस्तै नेकपा बझाङले आज प्रेस विज्ञप्ती निकाल्दै आगामी दिनमा आफुहरु समाजमा भइरहेका अनैतिक र नागरिकको हितविपरितका क्रियाकलापमा चुप लागेर नवस्ने समेत बताएको छ । नेकपा बझाङ सचिव प्रविन सीले १२ बुदे विज्ञप्ती जारी गर्दै आगामी दिनमा एमसीसी र एसपीपी विरुद्ध संघर्ष गर्ने, बड्दो बजार महंगीका विरुद्ध संघर्ष गर्ने, विकास निर्माणमा भएका अनियमितता तथा ढिलासुस्ती विरुद्ध खवरदारी गर्ने, जिल्ला स्तरमा नेकपाको सिद्धान्त अनुरुप सी सिद्धान्तलाई निरन्तरताका साथ अघाडी बढाउने, सवै पालिकामा भएका भष्ट्राचारका घटनाका विरुद्ध संघर्ष गर्ने र जनकार्वाहीलाई अघाडी बढाउने, उत्पादन मुलक काममा निरन्तरता दिनेभन्दै प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।

bigyapti-1717769018.jpg
 

प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
पुरानो बझाङ सम्झाउने तस्वीरहरु

पुरानो बझाङ सम्झाउने तस्वीरहरु

टिम मेकरले खिचेका केही पुरानो बझाङ सम्झाउने तस्वीर संग्रह
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।