प्रगतिशिल युवा समाज र दलित सहयोग समाजद्धारा संञ्चालित परियोजनाहरुको जिल्ला परियोजना सल्लाहकार समितीको बैठक सम्पन्न भएको छ । शुक्रबार वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा प्रगतिशिल युवा समाज र दलित सहयोग समाजको सहकार्यमा संञ्चालन भइरहेका परियोजनाहरुको अनुगमन तथा वार्षिक समिक्षा भएको हो । जिल्ला समन्वय समितीका उपप्रमुख कृष्णबहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको जिल्ला परियोजना सल्लाहकार समितीको बैठकमा प्रगतिशिल र दलित सहयोग समाजले संञ्चालन गरेका परियोजनाले शिक्षा र पोषणका क्षेत्रमा ठुलो सघाउ पुगेको निस्कर्ष निकालिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका उपप्रमुख कृष्णबहादुर विष्टले परियोजनाले जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा विभिन्न कार्यक्रम संञ्चालन गर्दै आइरहेकाले ती पालिकाको शिक्षाको क्षेत्रमा ठुलो सहयोग पुगेको बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी विद्यालयमा बालबालिकाको वसाई व्यवस्थापनदेखी उनिहरुलाई शैक्षिक सामाग्री सहयोग, विद्यालयका भवन तथा शौचालय निर्माण, शिक्षकहरुका लागी आवश्यक तालिम तथा विद्यालयमा कम्प्युटर ल्याव स्थापना लगाएतका कामहरु गरेको बताउनुभयो । यसले विद्यालयको शैक्षिक, भौतिक तथा गुणस्तरीय शिक्षा प्रदानका लागी काम गरेको बताउँदै उहाँले आगामी दिनमा यी परियोजनालाई थप परिस्कृत बनाएर अघाडी लैजान आवश्यक रहेको समेत बताउनुभयो ।

यस्तै कार्यक्रममा उपस्थित जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीहरुले परियोजनाको ठुलो लगानी शिक्षामा गरिरहेको भन्दै यसवाट स्थानीय सरकारले समेत पाठ सिक्न आवश्यक रहेको बताएका थिए । वालवालिकाहरुलाई शैक्षिक सामाग्रीहरुको माध्यमबाट सिकाउने कुराको जग बसाल्नेदेखी शनिवारीय विशेष कक्षा संञ्चालनले वालवालिकाको सिकाईमा प्रगति भएको उनीहरुले बताएका थिए । साथै अनुगमनका क्रममा समेत वालवालिकाको शैक्षिक अवस्था सुधार भएकोदेखी विद्यालयको भौतिक संरचनामा उल्लेख्य प्रगति भएको पाएको वक्ताहरुको भनाई थियो । साथै आगामी दिनमान जिल्लामा रहेका अन्य पालिकाका विद्यालयलाई समेत समावेश गरेर परियोजनालाई व्यापक बनाउनु पर्ने सुझाव वक्ताहरुुले दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसिले आरसी बालबालिकाको माध्यमबाट आउने फण्ड नै वल्र्डभिजनबाट आउने वजेट भएकाले उक्त रकमलाई सही क्षेत्रमा लगानी गर्नु संस्थाको कर्तव्य भएको बताउनुभयो । वालवालिकाको माध्यमबाट शिक्षा र समग्र समाज रुपान्तरणको उदेश्य बोकेको भन्दै स्थानीय सरकारदेखी सवै सरोकारवालाले हातेमालो गर्न आवश्यक रहेको केसीले बताउनुभयो । विगतदेखी समाज रुपान्तरणको पक्षमा काम गर्दै आएको र आगामी दिनमा सवैको सुझाव सल्लाहको आधारमा अघाडी बड्ने उहाँले बताउनुभयो । कार्यक्रममा पोषणको दिगो प्रयोग र त्यसवाट बालवालिका र परिवारको स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने गरी वल्र्डभिजनले काम गरिरहेको छ ।
बैठकमा सरोकारवालाले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रगतिशिल युवा समाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशी र दलित सहयोग समाजका लेखा तथा प्रशासन अधिकृतले बैठकमा आएका सुझावहरु मनन्योग्य भएका कारण आगामी दिनमा ती सुझावलाई पनि समेट्दै लैजाने बताउनु भएको थियो । दलित सहयोग समाज अन्र्तगतको पोषण तथा जीवीको पार्जन परियोजनाका लेखा अधिकृत विजय जोशीले कृर्षिका क्षेत्रमा समेत काम गर्दै आएका कारण किसानहरुको उत्पादन बढाउने र पोषणको क्षेत्रमा थप सुधार ल्याउनेगरी काम गरिरहेको बताउनुभयो ।