नेभिगेशन
सुदूरपश्चिम

बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगियो

बझाङ ।  धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ  । जहाजको दुुबै तिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेकोे जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ ।  नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन् ।

जहाजमा रहेका एकजना यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएको बारे एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो । त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ । जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरिक्षण गरेको थियो । 

काठमाडौँबाट इन्जिनियर आएर बिमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ । ‘दुवै ठाउँबाट इन्धन लिक भएको रहेछ । यस्तोमा इन्जिन तातिए पछि आकास मै आगो लाग्ने खतरा हुन्छ समिट एयरका कर्मचारी रोसन सिंहले भने ‘अब काठमांडौबाट इन्जिनियर आएर मर्मत गरे पछि मात्रै जहाज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
पुरानो बझाङ सम्झाउने तस्वीरहरु

पुरानो बझाङ सम्झाउने तस्वीरहरु

टिम मेकरले खिचेका केही पुरानो बझाङ सम्झाउने तस्वीर संग्रह
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।