नेभिगेशन
सुदूरपश्चिम

छबिसपाथिभेरा गाँउपालिका वडा नं १ का ७ वटा सामुदायिक विद्यालयलाई अभ्यास पुस्तिका वितरण

बझाङ: बझाङको छबिसपाथिभेरा गाउँपालिका– १ अन्तर्गतका ७ वटा सामुदायिक विद्यालयका २ सय जना विद्यार्थीलाई अभ्यास पुस्तिका वितरण गरिएको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रम अन्तर्गत ७ वटै सामुदायिक विद्यालयका विद्यार्थीलाई एक वर्षसम्मका लागि अभ्यास पुस्तिका वितरण गरेको हो । आज छबिस पाथिभेरा गाउँपालिका– १ का वडा अध्यक्ष करनजंगबहादुर सिंहको अध्यक्षता र सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा पहिलो पटक कक्षा १ देखी ५ सम्मका बालबालिकालाई विद्यालयको पाठ्यपुस्तक जस्तै अभ्यास पुस्तिका वितरण गरिएको हो ।

विद्यार्थीले घरमै बसेर अभ्यास पुस्तिकामा लेखिसकेपछि शिक्षकलाई जाँच गर्नका लागि दिइने वडा कार्यालयले जनाएको छ । वडाको बजेट २ लाख ५० हजारको लगानीमा ५ हजार प्रति अभ्यास पुस्तिका छापिएको हो । आफ्नो वडाको विद्यार्थी बालबालिकाको उज्वल भविष्यको परिकल्पना स्वरुप अभ्यास पुस्तिका वितरण गरिएको अध्यक्ष सिंहले बताउनुभयो । उहाँले स्थानीय तहमा शैक्षिक व्यवस्थापनको सवालमा देखिएका केही समस्याहरुलाई पनि उजागर गरी आगामी दिनमा विद्यार्थीको सुन्दर भविस्य तय गर्नको लागि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताउनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।