नेभिगेशन
सुदूरपश्चिम

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् । तल्कोट गाउँपालिका जोड्ने सुनीगाडदेखी तलकोट गाउँपालिकासम्मको सडक खण्डमा आएको पहिराको कारण सडकमा नियमित सवारी साधनहरु संञ्चालन नहुँदा समस्या हुने गरेको तलकोट गाउँपालिका ३ का स्थानीय गणेश रोकायाले बताउनुभयो । धमेना, वस्टी, रुपातोला, सुनिकोट लगाएतका क्षेत्रमा सडक माथीबाट आएको पहिरोका कारण सडक पटक पटक अवरुद्ध हुदै आएको छ । रातापानीको पुल भएर गाउँपालिका जोड्ने सडक खण्डमा आउने पहिरोले पालिका आवत जावत गर्न पनि समस्या हुने गरेको स्थानीयले बताएका छन् । 
पालिका जाने सडक खण्ड नै वेला वेला अवरुद्ध हुदाँ स्थानीयलाई पालिकामा गएर सेवा लिन पनि समस्या हुने गरेको छ । पालिकामा रहेका स्काभेटर वा जेसिवी प्रयोग गरेर सडक सफा गर्न आवश्यक रहेको तलकोट गाउँपालिका ३ का स्थानीय रमेश रोकायाले बताउनुभयो । पालिकासँग स्काभेटर हुँदा हुँदै पनि सडक सफाईका लागी पालिकाले जागर नचलाएको उहाँको आरोप छ ।
शनिबार रुपातोला जोड्ने ताक्लाकोट सडक खण्डमा आएको पहिरो पन्छ्याउँदै गर्नु भएका तलकोट गाउँपालिका ३ का वडाध्यक्ष रुपेश रोकायाले पालिकाले सडक संञ्चालनका लागी नियमित काम गरिरहेको बताउनुभयो । वाटो अवरुद्ध नहोस् भनेर पालिकाले काम गरिरहेको र बष्टीमा निर्माण भइरहेको हाइड्रोमा रहेको जेसिवीलाई बाटो खुलाउनका लागी सहयोग माग्दा जेसिवी संञ्चालन नगरिदिने समस्या रहेको उहाँले बताउनुभयो ।
यता तल्कोट गाउँपालिकाका अध्यक्ष कलक रोकायाले भने अवरुद्ध बाटो खुलाउनका लागी पालिकासँग रहेको स्काभेटर संञ्चालन गर्दा वर्षातको समयमा सडक थप विग्रने सम्भावना भएका कारण स्काभेटर सं१चालन गर्नै अवस्था नरहेको बताउनुभयो । तत्काल हाइड्रोसँग रहेको जेसिवीबाट भएपनि पालिकासम्म जोड्ने सडक सफा गरिरहेको र केही दिनमा पालिकाले जेसिवी ल्याउने भएका कारण बाटो संञ्चालनमा कुनै समस्या नहुने बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
पुरानो बझाङ सम्झाउने तस्वीरहरु

पुरानो बझाङ सम्झाउने तस्वीरहरु

टिम मेकरले खिचेका केही पुरानो बझाङ सम्झाउने तस्वीर संग्रह
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।