नेभिगेशन
सुदूरपश्चिम

साइपालमा निर्माणाधिन अस्पतालकाे ६० प्रतिशत काम सम्पन्न

साइपाल गाउँपालिकामा निर्माण भइरहेको दश शैयाको अस्पतालको काम ६० प्रतिशत सम्पन्न भएको छ । साइपाल गाउँपालिका र संघिय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको निर्माण काम ६० प्रतिशत सम्पन्न भएको हो । गाउँपालिकाको निगरानीमा निर्माण भइरहेको अस्पतालको काम आगामी एक वर्षमा सम्पन्न गरी सेवा दिन सुरु गर्ने गरी काम भईरहेको साइपाल गाउँपालिका अध्यक्ष मानविर बोहराले बताउनुभयो । अस्पताल निर्माणका लागि पालिकाले निर्माणको कामलाई तिव्रता दिनका लागी बेला बेलामा अनुगमन लगाएतका काम समेत गर्दै आएको छ । 
केही दिन अघी साइपाल गाउँपालिका अध्यक्ष लगाएतको टिमले अनुगमन गर्दै अस्पताल निर्माणको कामलाई निरन्तरता दिन निर्देशन दिएको छ । गाउँपालिका अध्यक्ष मानवीर बोहराले अस्पताल भवन निर्माणमा सवै पक्षले सहकार्य गर्न आवश्यक रहेको समेत बताउनुभयो । अस्पताल निनर्माणपछी पालिकाका सवैले गाउँमा नै गुणस्तरीय सेवा पाउन सक्ने वातावरण मिलाउनका लागि पालिकाले काम गरिरहेको र स्थानीयहरुले अस्पताल संञ्चालनका लागी सक्दो सकारात्मक भुमिका खेल्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो । 
अस्पताल निर्माणका लागि भौगोलिक विकटताका कारण केही समस्या भएपनि समयमा नै अस्पताल निर्माण हुनेमा आफु विश्वस्त रहेको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयो । यातायातको सहजता नभएका कारण हेलिकप्टर मार्फत सामाग्री ढुवानी गर्दा खर्चिलो र केही समय लाग्ने भएपनि अस्पताल निर्माणका लागी पालिकाले निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो । नयाँ बन्दै गरेको अस्पताल भवनका तेस्रो तलाको ढलानको लागी काम भइरहेको छ, भने अस्पतालको फिनिसिङ लगाएतका काम गर्न बाँकी रहेको छ । साइपाल गाउँपालिका र संघिय सरकारको २१ करोड ३७ लाख संयुक्त लगानीमा मा साइपाल गाउँपालिकाको काँडामा दशै शैयाको अस्पताल निर्माण भइरहेको हो ।
यस्तै गाउँपालिका अध्यक्ष मानविर बोहरा, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशी लगाएतको टोलीले काँडामा रहेको काँडा स्वास्थ्य चौकी लगाएतका स्वास्थ्य चौकीको अनुगमन समेत गरेको छन् । स्वास्थ्य सेवा सवैका लागि अपरिहार्य रहेकाले अस्पतालबाट उपलब्ध हुने सवै सेवा दिनका गाउँपालिका अध्यक्ष बोहराले निर्देशन समेत दिनुभएको छ । कर्मचारीलाई स्वास्थ्य संस्थामा निरन्तर उपस्थिती हुन र उपस्थित नहुने कर्मचारीहरुलाई पालिकाले कार्वाही गर्ने समेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
पुरानो बझाङ सम्झाउने तस्वीरहरु

पुरानो बझाङ सम्झाउने तस्वीरहरु

टिम मेकरले खिचेका केही पुरानो बझाङ सम्झाउने तस्वीर संग्रह
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।