प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले विद्यालयमा शैक्षिक सामाग्री प्रयोगले विद्यार्थीको सिकाईको गुणस्तरमा समेत प्रभाव पार्ने बताउनुभएको छ । आज जयपृथ्वी नगरपालिका ८ जोशी गाउँमा रहेको जालपा आधारभुत विद्यालयमा संञ्चालन भएको शैक्षिक समाग्री निर्माण तथा प्रयोग सम्बन्धि ५ दिने तालिमको समापन कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । विद्यालयमा सिकाईको स्तरलाई उकास्न र विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीको प्रयोगवाट अध्यापन गराउँदा सिकाइमा गुणस्तर बढ्ने केसीले बताउनुभयो । वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा जयपृथ्वी नगरपालिकाका विभिन्न विद्यालयमा प्रगतिशिलले काम गर्दै आएको स्मरण गराउँदै केसीले शिक्षाको माध्यमबाट समाज रुपमान्तरको उदेश्य बोकेकाले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनका लागी आफुले काम गरिरहेको बताउनुभयो । साथै समय समयमा शिक्षकहरुका लागी विभिन्न तालिमको आयोजना भइरहेका र शिक्षाका क्षेत्रमा आगामी दिनमा पनि सहयोग गर्नका लागि प्रगतिशिल युवा समाज तयार रहेको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रसाद रेग्मीले शिक्षाले नै मान्छेलाई पूणर् रुपमा मानव बनाउने बताउनुभयो । मान्छेलाई मानव बनाउनका लागी शिक्षकहरुको ठुलो भुमिका रहने भएकाले ५ दिनको अवधिका सिकेका सवै ज्ञानलाई विद्यालयमा गएर पूणर्रुपमा प्रयोगमा ल्याउन समेत आग्रह गर्नुभयो । स्थानीय सरकारले गर्न नसकेका कामहरु प्रगतिशिल मार्फत भइरहेका कारण यसबाट विद्यालय र अभिभावक सवैले पूणर्रुपमा लाभ लिनका लागि पछाडी हट्न नहुने समेत उहाँको सुझाव रहेको थियो । कार्यक्रममा सहभागी विभिन्न विद्यालयका शिक्षकहरुले तालिमले विद्यालयमा नै विभिन्न शैक्षिक समाग्री प्रयोग र त्यसको उचित प्रयोगका बारेमा राम्रो ज्ञान पाएकाले आगमी दिनमा विद्यालयमा यसको प्रयोग गर्ने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले शिक्षकहरुका लागि परियोजनाले निरन्तर सहयोग गर्ने र सिकेका कुरालाई शिक्षकहरुले पनि प्रयोगमा ल्याउनु पर्ने बताउनुभयो । संस्थाले शिक्षाको क्षेत्रमा करोडौं लगानी गरिरहेका कारण त्यसको सदुपयोग गर्नका लागि सवैले सहकार्य गर्न आवश्यक रहेको समेत बताउनुभयो । यस्तै वल्र्डभिजन इन्टरनेशनल नेपालको स्पोन्सरसीप अफिसर मेनुका मल्लले विभिन्न देशबाट नेपालको शिक्षा क्षेत्रको सुधारका लागी आउने सहयोग नै वल्र्डभिजनको फण्ड भएका कारण त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो । सिकाईको स्तरलाई शैक्षिक समाग्री प्रयोगले अझवढी फराकिलो बनाउने भएकाले विद्यालयमा सकेभन्दा बढी शैक्षिक सामग्रीको प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

कक्षा १ देखी ३ सम्मका बालबालिकालाई शैक्षिक सामाग्रीको निर्माण र प्रयोग गरी अध्यापन गराउने, तालिममा सिकेका कुराहरुलाई विद्यालयमा अन्य शिक्षकहरुलाई समेत सिकाउने उदेश्यले तालिमको आयोजना गरिएको समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका परियोजना संयोजक बासुदेव ओझाले बताउनुभयो । यही जेठ २७ गतेदेखी संञ्चालन भएको उक्त तालिममा जयपृथ्वी नगरपालिकाका २० वटा विद्यालयका २० जना शिक्षकहरुको सहभागिता रहेको थियो, भने समापन कार्यक्रमको संञ्चालन प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत शिवराज रोकायाले गर्नुभएको थियो ।