नेभिगेशन
सुदूरपश्चिम

तलकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

१६ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकाले पूर्ण खोप पाएपछि बुधबार तल्कोट गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बुधबार एक समारोहकाबीच तल्कोट गाउँपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको हो ।

तल्कोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरजित खड्काका अनुसार पालिकाका ७ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका एक सय ९८ जना बालबालिका र १६ महिनादेखी ५ वर्ष मुनीका ७९८ जना गरी ९९६ जना बालबालिकाले पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो । गाउँपालिकाको सभाहलमा बुधबार गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा वडा नं. ७ का वडाध्यक्ष लक्ष्मण विष्टले पालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

talkot-2-1717640367.jpg
 

उक्त कार्यक्रममा पालिका भित्रका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाको उपस्थिती रहेको थियोे । ५ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ । स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

talkot-3-1717640378.jpg
 

प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
पुरानो बझाङ सम्झाउने तस्वीरहरु

पुरानो बझाङ सम्झाउने तस्वीरहरु

टिम मेकरले खिचेका केही पुरानो बझाङ सम्झाउने तस्वीर संग्रह
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।