नेभिगेशन
सुदूरपश्चिम
भेडापालक

बझाङका उच्च हिमाली क्षेत्रमा चिसो बढे संगै जाडो छल्न बेशी झर्दै भेडापालक

भेडाबाख्रा लगेर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए

बझाङ :- चिसो बढे संगै बझाङका भेडापालक जाडो छल्न बेशीँ झर्न थालेका छन । उच्च हिमाली क्षेत्रमा चिसो अत्याधिक बढन थाले पछि भेडीगोठहरु वेशीतर्फ झार्न थालिएको हो । बझाङको साईपाल, सुर्मा, छविसपाथीभेरा, तल्कोट गाँउपालिका र बुङगल नगरपालिकाका भेडापालकहरु चरनका लागी बर्षायाममा लेक तिर जाने र हिँउदमा बेशीँ झर्ने गर्दछन । चार हजार मिटर भन्दा अग्ला पाटनहरुमा भेडा चराउनु यस क्षेत्रका भेडापालकहरुको दैनिकि भएपनि चिसो बढेसंगै मंसीरमै वेशीतिर झर्न थालेका हुन । बुङगल नगरपालिका २ लौनेका जय धामीले आफ्ना डेढ सय भेडा ल्याएर चिसो अत्याधिक बढेकाले जाडो छल्न बेशी झरेको बताए । भेडा चराउने हिमाली पाटनहरुमा चिसो बढन थाले पछि उनी संगै गएका अन्य भेडापालकहरु वेशी झरेको उनको भनाई छ । उनी संगै सोहि गाँउका शंकर बहादुर धामी, जय धामी, हर्क धामी लगायतका भेडापालकहरुले ६ महिना धौलाढुङगा, चुफी, जलजला र रेलागाडका पाटनहरुमा विताए । उनीहरु ८ सय बढी भेडाबाख्रा लगेर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए । 

वर्षौ देखि ती पाटनहरुमा भेडा चराउने गरेका उनीहरु यसबर्ष चिसो निक्कै बढेको बताउछन । चिसो बढेसंगै भेडा मर्नथाले पछि यसपाली छिट्टै भेडालाई वेशी झारिएको हो । चिसो बढेसँगै भेडाले वेशीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक शंकर धामीको भनाई छ । गर्मी बढेपछि वेशीबाट लेकतिर जान खोज्छन भने लेकमा जाडो बढेपछि वेशी तर्फ झर्छन । उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । सोही अनुसार हामीहरुले पनि गोठ सार्ने गर्नु पर्छ । कात्र्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेँसीतिर झर्ने गरेको उनको भनाई छ । 

यता छविसपाथीभेरा गाँउपालिकाका भेडापालक पनि भेडाको बथानसहित आफ्नै गाँउ बुडखोरी झरेका छन् । टकरमाली, रिखैन, मटामेला, खार, जामनाडाडां लगायतका क्षेत्रमा महिनौँ दिन बिताएका बोहरा जाडो बढेसँगै भेडी गोठ लिएर औल झरेका हुन् । जाडोयामका केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ । भेडापालकहरु घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिउ पर्न थालेसगै वेशी झर्ने र गर्मी बढेसंगै हिमाली भेग तिर जाने गर्दछन । फागुन अन्तिमसम्म वेशीमै रहने र  गर्मी बढे संगै चैत महिनामा लेकतिर जाने गरेको उनीहरुको भनाई छ् । 

वर्षभरि लेकवेंसी गरेर भेडापालन व्यवसायमा लागीरहेकाहरूलाई हिँउदको समयमा भने सास्ती हुने गरेको छ । चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि वेशी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकहरूको गुनासो छ । सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय संकटमा पर्न थालेको हो । केही वर्ष अघिसम्म यहाँका अधिकांस मानिसको मुख्य पेसा नै भेडापालन थियो । अहिले यो पेशाप्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेसा संकटमा परेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।